काठमाडौं : खानेपानीमा भएको ठूलाे अनियमितता छानबिन गर्न खानेपानी मन्त्रालयले समिति गठन गरेको छ। तर छानबिन संयोजकको जिम्मा उनैलाई दिइएकाे छ, जसले आर्थिक वर्षान्तमा थप बजेट दिलाउने धन्दामा सचिव र महानिर्देशकलाई नजिकबाट सघाएका थिए।
आर्थिक वर्षको आखिरी दिनमा दुई अर्ब ५४ करोड रूपैयाँ बढी रकमान्तर गरी अनियमितता गरेको समाचार अन्नपूर्ण पोस्ट्ले बुधबार प्रकाशन गरेको थियो। बुधबारै खानेपानी मन्त्री बिना मगरले छानबिन गर्न सचिव गजेन्द्र ठाकुरलाई निर्देशन दिएकी थिइन्।
मन्त्रीको निर्देशनअनुसार उनले रकमान्तरबारे छानबिन गर्न सात प्रदेशमा सातैवटा छानबिन समिति गठन गरेका हुन्। सचिव ठाकुरले सातवटै प्रदेशमा रकमान्तर गरी थप बजेट निकासा गरिएकोबारे छानबिन गर्न प्रदेश नं. १ सिनियर डिभिजनल इन्जिनियर अरुण सिंखडालाई संयोजक बनाएका हुन्। विभागको योजना शाखामा बसेर सिंखडाले थप बजेट कहाँ–कहाँ दिनुपर्छ भनेर सचिव र महानिर्देशकलाई सहयोग गर्दै आएका थिए, याे सामाचार अाजकाे अन्नपूर्ण पाेष्टमा छ।