सन्दकपुर : सन्दकपुर २ माइमझुवामा खुल्ला नकआउट पुरुष फुटबल खेल शुरु भएको छ ।
वडादशैंको अवसरमा छिन्तापु स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक छिन्तापु स्पोर्टिङ क्लब विजयी भएको छ ।
एसएमएस टिमलाई टाइब्रेकरमा ४-२ गोलले पराजित गर्दै आयोजिक विजयी भएको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि ट्राइब्रेकरबाट निर्णय लिइएको थियो ।
प्रतियोगिता अन्तरगत शुक्रबार बुद्ध एफसी र सायाङ्बा एफसीबीच हुने आयोजक समितिका सचिव खड्ग गुरुङले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमले नगद ६१,००० र उपबिजेता टिमले नगद ३०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । ३२ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल विजयादशमीको दिन २ कात्तिकमा हुने आयोजकका अध्यक्ष मोहन गुरुङले जानकारी दिए ।