चुलाचुली आइडल सुरेश संगीतकै लागि विदेशबाट फर्किए

चुलाचुली : चुलाचुली आइडल-२०१४ मा दोस्रो विजेता सुरेश राई नेपाली संगीत तथा गायन क्षेत्रमा निरन्तरता दिन विदेशबाट फर्किएका छन् ।

चुलाचुली गाउँपालिका वडा नम्बर २ बाह्रगोठेका सुरेश पारिवारिक आर्थिक अभावका कारण प्लस टू (व्यावस्थापन) संकायको अध्ययन छाडेर खाडी मुलक पलायन भएका थिए । बाबु कुमार राई र आमा दिलकुमारी योङया (राई) को कान्छा छोरा सुरेश सानैदेखि गीतसंगीतमा रुचि राख्थे ।

कतार गएको २ वर्षपछि उनी गाउँमा फर्किए । आफ्नो संगीतप्रतिको प्यासनलाई निरन्तरता दिन झापा दमकस्थित सुरभि संगीत विद्यालयमा घरबाटै साइकल चडेर आधा घण्टा बाटो धाउदैं आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार