‘मेरो मन…’ गीत सार्वजनिक

  फिपराज बेघा
0 Shares

पथरी : पथरीशनिश्चरे मोरङका उदयमान गायक नन्दु गुरुङको ‘मेरो मनमा…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजन गरी मुहा क्रिएटिभको अफिसियल युट्युब मार्फत् सार्वजनिक गरिएको हो । मुहासिंह थापा मगरको निर्देशनमा तयार गरिएको भिडियोमार्फत् मोडल संम्जना विकले डेब्यु गर्दैछिन् । उनलाई पदम योगीले साथ दिएका छन् । सागर पौडेल र नगेन धिमालको छायाङ्कन रहेको भिडियोमा प्रिती जोगीको मेकअफ र रुद्री योगीको निर्माण रहेको छ ।

दुई दिन लगाएर छायाँङ्कन गरिएको भिडियोमा रमणीय स्थल उर्लावारीको वेतनी सिमसार र पथरीशनिश्चरेको दुष्य कैद गरिएको छ । गायक नन्दु गुरुङको शब्द र संगीतमा रहेको नव निर्मित भिडियोले दर्शकहरुले रुचाउने अपेक्षा राखेको निर्देशक थापामगरले बताएका छन् । उनले दर्शकस्रोताहरुलाई भिडियो हेरेर रचनात्मक सुझाब दिन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार