रहर बनी बसन्त बीच फूल्दैछ जिन्दगी
अनन्त यात्रा प्रगति तिर खुल्दैछ जिन्दगी
पवन चल्यो सगर माझ बेगिलो बनेर,
नपाई कतै सहारा बिनै झूल्दैछ जिन्दगी
बिश्वास अायो अटल बनी सपना सजाई,
नयन भरी एकेक गरि डुल्दैछ जिन्दगी
यात्रामा कति अाउछ बाधा उल्झन बिपति,
मनको तृष्णा बोकेर पनि भूल्दैछ जिन्दगी
चाहना हरु रितिदै जादा उत्साह पलायो ,
मिश्रित भई अाफै भित्र घुल्दैछ जिन्दगी ।
–गोपाल गिरी
सुनपा ६कन्याम


















































