कपाल झर्ने समस्याबाट दिक्क हुनुभएको छ ? अपनाउनुस् यी उपाय

  नयाँ बुलन्द
0 Shares

– नेपाली हेल्थ

१. नुहाएपछि टाउकोमा घ्युकुमारी लगाउने र १५ मिनेटपछि धुने । हप्तामा तीनपटक यसो गर्नाले कपाल झर्ने क्रम रोकिन्छ ।

२. पानीमा नीमको पात हालेर पानी आधा नसुकुञ्जेल उमाल्ने र यसरी उमालेको पानी चिसो भइसकेपछि कपाल धुनाले कपाल बलियो हुन्छ । नीमपानीले नुहाउँदा पानी आँखामा नपरोस् भन्नेमा ध्यान दिनुपर्छ ।

३. सुकेको अमला तोरी अथवा नरिवलको तेलमा केही बेर भिजाइ मसाज गर्दा कपाल बलियो हुन्छ ।

४. राति मेथी भिजाउने, बिहान यसलाई राम्रोसँग पिस्ने र कपालको जरासम्म लगाउने र ४० मिनेटपछि कपाल धुने । यसो गर्दा कपाल झर्ने समस्याबाट मुक्ति मिल्छ ।

५. प्याज पिसेर यसको रस निकालेर कपालको टुप्पोदेखि फेदसम्म लाग्नेगरी दल्ने र ४० मिनेटपछि धुनाले कपाल झर्न रोकिन्छ ।

६. ग्रीन टी को दुईवटा ब्याग तीन कप तातो पानीमा डुबाउने र यसलाई चिसो बनाउने त्यसपछि सेलाएको चिसो पानीले कपाल धुने अथवा मसाज गर्ने । यसो गर्दा कपाल बलियो हुन्छ ।

७. अण्डाको सेतो भाग कपालको जरासम्म पुग्नेगरी लगाउने र २० मिनेटपछि नुहाउने । अण्डामा रहेको प्रोटिन, भिटामिनले कपाल झर्ने क्रम रोक्छ र कपाल नरम र मुलायम हुन्छ ।

८. कपाल झर्ने समस्या भएका ब्यक्तिहरुले प्रोटिन, आइरन, जिंक, सल्फर, भिटामिन–सी, भिटामिन–बी युक्त खानामा जोड दिनुपर्छ । यसले कपाललाई बलियो बनाउँछ ।

९. समय समयमा कपालमा मेहदी लगाउनाले पनि कपाल बलियो हुन्छ ।

१०. कपाल बलियो बनाउन र झर्न नदिन सातामा दुईपटक कपालमा अमला, बदाम, जैतुन, नरिवल, तोरीको तेल लगाउनु उपयुक्त हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार