चलचित्र ‘छिरीङ’ १२ असोजदेखि अल नेपाल रिलिज हुने

झापा : हिमाल पारीको पर्यटकीय जिल्ला मुस्ताङको जनजिवनमा आधारीत चलचित्र ‘छिरीङ’ आगामी १२ असोजदेखि अल नेपाल रिलिज हुने भएको छ । यसअघि मुस्ताङ र अमेरीकाका विभिन्न शहरमा च्यारिटी सो गरिएको चलचित्र ‘छिरीङ’ देशभरका चलचित्र हलमा प्रदर्शन हुन लागेको हो ।

रिदम फिल्मसको ब्यानरमा गायक, अभिनेता तथा निर्देशकको पहिचान बनाएका कलाकार यश कुमारले निर्देशन गरेको चलचित्र बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।

कलाकार निमा रुम्बा र निर्देशक समेत रहेका यश कुमारको पनी अभिनय गरेको यो चलचित्र नायीका कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छिन् । साथै  कविता आले गोपाल एक्तेन लिम्बू (मेघराज लिम्बू) लगायतका कलाकारहरुलर् समेत अभिनय गरेका छन् । अल्पसंख्यक थकाली समुदायको जातीय पहिचान झल्कने भेषभुषा, चलनचल्तीमा आधारीत यो चलचित्र हलिउड शैलीमा बनाइएकाले एक्सपेरिमेन्टको रुपमा लिइएको निर्देशक यश कुमारले बताए ।

माया प्रेममा आधारीत चलचित्र मुस्ताङको जनजिवन र परिवेशमा आधारीत भएकाले अन्य भन्दा फरक भएको निर्माताको दावी छ । झुमा चलचित्रबाट रिमेक गरिएको “बोलबोल” नामक गित यस छिरिङ चलचित्रमा राखिएको छ । एक महिना अगाडि युटुव मार्फत सार्वजनिक गरिएको यो गितले निकै नै राम्रो प्रतिक्रिया हात पारेको छ । हालसम्म २ लाख भन्दा बढि भ्यु पाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार