
चुलाचुली : इलामको चुलाचुली ५ का सामाजिक कार्यमा सक्रिय संजय राईले आमा आशाकुमारी राईको स्मृतीमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् ।
चुलाचुली १ मा रहेको शिवज्योती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई राईले ३० हजार बराबरको सामाग्री प्रदान गरेका हुन् । वितरीत सामाग्रीमा २५ दर्जन कपी, स्टेशनरी सामान र विद्यालयलाई पानीको जार, म्याट रहेका छन् ।
विद्यालयमा आयोजित कार्यक्रममा राईले सामुदायिक विद्यालयको स्तर उकास्न अभिभावक पनि सकृय हुनुपर्ने धारणा राखे । गाँउपालीका शिक्षा संयोजक रामप्रसाद राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चुलाचुली स्रोत व्यक्ति उपेन्द्र सापकोटा, १ नम्बर वडाका अध्यक्ष ध्रुब लावती लगायत स्थानीय अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।
राईले विद्यार्थीहरुलाई गरेको सहयोगको सबैले प्रशंसा गरेका थिए ।


















































