तिजमा भड्किला कार्यक्रम नगर्न प्रशासनको अपिल

  नयाँ बुलन्द
0 Shares

चितवन : नजिकिदै गरेको नारीहरुको महान् चाड हरितालिका तीजलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले भड्किला कार्यक्रमको आयोजना नगर्न सबैलाइ आग्रह गरेको छ ।

प्रशासनले विज्ञप्ती जारी गर्दै आफ्नो परम्परा, रिति रिवाजलाई निरन्तरता दिने बाहेक अन्य कुनै पनि खालका तीजसंग सम्बन्धित खर्चिला तथा भड्किला कार्यक्रम संचालन नगर्न र नगराउन सम्पूर्ण जिल्लाबासीमा अनुरोध गरेको छ ।

प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्धारा हस्तारिक्षत सूचनामा ऐन नियम विपरीत हुने गरी कोही कसैले अनावश्यक रूपमा भड्किलो तामझाम, तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रमहरु गरे/ गराएमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत दिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार