चुलाचुलीको बाँझोगाउँ माविमा पुस्तकालय उद्घाटन

  निशेष राई सत्यरुप
0 Shares

चुलाचुली : पछिल्लो दिनमा बदलिदो परिवेशसँगै सार्वजनिक पुस्तकालयहरुमा पाठकहरुको संख्या घट्दै जान थालेको छ । केहि समय अघिसम्म पनि विभिन्न ज्ञान हासिल गर्नका लागि अति नै उपयोगी ठानिएका पुस्तकालयहरुमा अचेल पाठकहरुको संख्या घट्दै गइरहेको छ ।

बढ्दो प्रविधिको प्रयोग र विकाससँगै शहरी क्षेत्रमा कम प्रयोगमा आएपनि ग्रामीण भेगमा भने पुस्तकालयको महत्व बढ्दो छ । शहरी क्षेत्रमा सामाजिक संजाल र प्रविधिको विकाससँगै पुस्तकालयको प्रयोग कम हुदै जाँदा ग्रामीण क्षेत्रमा भने पुस्तकालय खुल्ने क्रम जारी छ ।

११ औं पुस्तकालय दिवसको अवशर पारेर इलामको चुलाचुली गाउँपालिकास्थित बाझोगाँउ माध्यमिक विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाईबाट ६ लाख ५० हजार तथा स्थानीयबाट १ लाख संकलन गरेर जम्मा साढे ७ लाखको लागतमा पुस्तकालयको निर्माण गरिएको हो ।

कार्यक्रममा ज्ञान हासिल गर्नका लागि अति नै उपयोगी ठानिएको पुस्तकालयको संरक्षणमा स्थानीय र पाठकको भुमीका महत्वपूर्ण हुने भएकाले यसको निरन्तर सञ्चालनका लागि सबै जुट्ने पर्ने चुलाचुली ५ का अध्यक्ष, चन्द्रकुमार थापाले बताए । बाँझो गाउँमा पुस्तकालयको अभाव भइरहेको अवस्थामा सञ्चालनमा आएको पुस्तकालय संरक्षण गर्नु महत्वपुर्ण हुने स्रोत व्यक्ति उपेन्द्र सापकोटा बताउँछन् ।

पुस्तकालय सञ्चालनमा आएसँगै विद्यार्थीहरु पन उत्साहित भएका छन् । ग्रामीण क्षेत्रमा बनेका पुस्तकालय संरक्षणमा गाउँपालिकाको पनि निरन्तर सहयोग रहने अध्यक्ष प्रदिपचन्द्र राईले बताए ।

पूर्व विद्यार्थी तथा समाजसेवी स्थानीय सञ्जय राइले आफुले अध्ययन गरेको विद्यालयमा पुस्तकालय स्थापना भएसँगै विद्यार्थीहरुलाई पठनपाठनमा थप सहयोग पुग्ने बताए । पुस्तकालयहरुको आधुनिक युग सुहाउँदो संरक्षण संम्बर्द्धन र प्रर्बद्धनका लागि खासै ध्यान जान नसकेको अवस्थामा ग्रामीण भेगमा सञ्चालित पुस्तकालयहरुको संरक्षण गर्न भने आवश्यक देखिएको छ ।

नेपालमा अहिले करिब एक हजार सार्वजनिक पुस्तकालय र करीब २०० जति विद्युतीय पुस्तकालय छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार