उ निरंकुशहरुको साङ्लोमा बाँधिएको छ
बर्वर विभेद र दासताको दाम्लोमा बाँधिएको छ,
थिएनन् कुनै वयक्तिक स्वार्थ
न त कुनै बैभवताको लालसा
थियो त केवल मुक्ति र स्वतन्त्रताको चाहना
मुलुक भित्रै मुलुकी फूलेको सपना
त्यसैले त उसलाइ बाँधिएको छ,
स्वतन्त्रता, सामानुपातिक, समावेशी नायकीको दुश्मनी
उ माथि साँधिएको छ,
सक्दैनन् उसलाइ देख्न
दासताका तिक्षणीत नजरहरुले
जो निदरीमा पनि टोक्छन्
सन्ध्यामा पनि टोक्छन्
टोकेरै, चुसेरै बाँच्ने बानी भैसकेकाहरु
भेट्टीएको सिकारलाइ पनि बाँडचुड नगर्नेहरु
जसरी पनि लखेट्न खोज्छन् दैविक कुचिकारलाई
किनकी,
एक्लै खान रुचाउँछन् सिनोलाइ जंगली हुँडारहरु
सिंहदरवार तिर गाँइगुई हल्ला चल्यो अरे !
एउटा महान नेता पश्चिमबाट चढाइको विगुल फूक्दैछ ।
ए एक्लै छैन,
ए सँग लाखौँ, सदियौं देखि पिल्सिएका
उत्पिडितहरुको झुण्ड छ अरे !
प्रकृति र मूलमाटो संगै वासना साँधिएका
वलिष्ठहरुको अगुवाइ गर्दैछ अरे !
उ लिगलिगेमा षडयन्त्रको सिकार भएका
घलेहरुको साथमा छ अरे !
पश्चिमी दाङ्गको दंगीशरण, रोल्पा रुकुमका मगर
अनी,
पूर्वका बुढा सुब्बाको पनि वकालत गर्छ अरे !
उसको मागमा देश छैन
देश टुक्रयाउने सपना देखेको पनि होइन
उसले त भुमीपुत्रहरुको भुमीको वकालत मात्रै गरेको हो
आफ्नै बस्तीका झुपडीमा सजिएका संस्कृतिको
हक मात्रै मागेको हो
उसको गर्जनमै सिंहदरवार हल्लिन्छ ?
त्यो उसलाइ थाहा थिएन
गर्जनमै मित्रता पहिचान गर्न नसक्नेहरुको
आज उ सिकार भएको छ
आफ्नैले आफ्नैलाइ पचाउन नसक्नेहरुको
विकार भएको छ,
त्यसैले त आज उ, निरंकुशहरुको साङ्लोमा बाँधिएको छ
बर्वर विभेद र दासताको दाम्लोमा बाँधिएको छ,
उ बलिष्ठ छ, वाहुवली छ,
त्यसैले त उसको मोल छ
सामान्ति हाटबजारमा जंजीरले बाँधिएर कुँज्याईएको भएपनि
फलामे साङ्गलो टुटाउन सक्ने उ सँग
हिम्मत छ, अदम्मे सहास छ
पहिचानको तराजुमा सबै भन्दा ग¥हुंगो
ढक कहलिएको रेशम आज
पहिचानी जंगलको सम्राट बन्छ भनेरै त होला
आफन्तिको सुराकीमा उसलाई
सिकारको पासोमा पारिएको छ
बुझ हो ! जनजाती हो ?
आफुलाइ मूलवासी भन्नेहरु हो ??
आदिवासी कहलाइनेहरु हो ???
हामी सबैका अगुवा, मूक्तीदाता, पहिचानवादी नेता
रेशमलाई आज
निरंकुताको साङ्लोमा बाँधिएको छ
बर्वर विभेद र दासताको दाम्लोमा बाँधिएको छ !!!