काठमाडौं : यस वर्षको मदन पुरस्कार नीलम कार्की निहारिकाको योगमाया उपन्यासले पाएको छ ।
सोमबार बसेको मदन पुरस्कार गुठीको बैठकले योगमाया उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको हो । २०७४ सालमा प्रकाशित पुस्तकहरुमध्येबाट मदन पुरस्कारका लागि योगमाया छनोट भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
त्यस्तै २०७४ को जगदम्बा श्री पुरस्कार शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ । उनी नेपाली बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय थिए ।
मदन पुरस्कार र जगदम्बा श्री दुबै पुरस्कारको राशी जनही २ लाख रुपैयाँ रहेको छ ।