अमेरिकन सिटकम ‘द बिग ब्याङ्ग थ्योरी’ का फ्यानहरुका लागि दुखद खबर

अमेरिकन सिटकम ‘द बिग ब्याङ्ग थ्योरी’ का फ्यानहरुका लागि दुखद खबर छ । यस सिटकमका प्रमुख कलाकार जिम पार्सन जो ‘द बिग ब्याङ्ग थ्योरी’ मा सेलडन कुपरको भूमिकामा देखिन्छन, उनका अनुसार अहिले ‘द बिग ब्याङ्ग थ्योरी’ को अन्तिम सिजन सुटिङ्ग भइरहेको छ ।

पार्सनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा आफ्ना सह–कलाकारहरुसँगको फोटो शेयर गर्दै सबैलाई धन्यवादसहित अब ‘द बिग ब्याङ्ग थ्योरी’ सिरिजको अन्तिम २३ अंकहरु सुट गर्न बाँकी रहेको र सिरिज यो अन्तिम सिजन सँगै सन् २०१९ मा समाप्त हुने  जानकारी दिएका छन् ।

वार्नर ब्रोज टेलिभिजनको निर्माण रहेको ‘द बिग ब्याङ्ग थ्योरी’ २००७  मा शुरु भएको अमेरिकन टेलिभिजन इतिहासकै निकै चर्चित सिचुएसन कमेडी टिभी सिरिज हो । ५२ पटक एमी अर्वाडमा नोमिनेट भएको यो सिरिजले १० वटा एमी अर्वाड जितिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार