हाँसी हाँसी रमाएका बचपन सबै गए तातेताते मिठा बोली गोली झैँ झर्किने भए।
श्रमले यी रसाएका पसिनासंग फक्रीएँ श्रमै हो जिन्दगी बुझें श्रमैले खिएँ कक्रिएँ।।
कसरी दीन बित्ला नि भन्दैमा झर्छ यौवन बितेछन दिन ती अस्ति ढल्केछ अब जीवन।
दु:खले दु:ख खप्दैछ सुखले बिग्रने मति दीनले दिन गुज्रियो सारा जीवनको गति।।
आशाका शीत पक्रेर घैला भर्न हतार छ न हिउँद न बर्षा यो धमाधम असार छ।
न पाक्छ मनको बाली न भर्छ पेट आखिर न झाँगिन्छ कतै शान्ति बृथा जीउन खातिर।।
आगोले राप खाँदैछ फलामले फलाम झैँ म खाँदैछु तन मेरै घोटी-घोटी दीन दिनै।
अप्रत्यक्ष म हूँ आफैं आफ्नो जिन्दगिको कसी त्यै बुझेर म खाँदैछु मलाई नै बसीबसी ।।
सुरेन्द्रप्रसाद लामिछाने
शिक्षक श्री घुर्बिसे पन्चमी मा.वि.
फाल्गुनन्द-५,पाँचथर