श्रीअन्तुमा ४० हजारबढी पर्यटक

अन्तु : पूर्वी नेपालका सयांै पर्यटकीय स्थलहरु मध्ये इलामको सूर्योदय नगरपालिकामा रहेको श्रीअन्तुमा बर्षेनी हजारौ पर्यटकको रोजाईको केन्द्र बन्ने गरेको छ ।

पहाडकी रानी इलाम भित्र पनि रहेका धेरै पर्यटकीय गन्तव्यहरु मध्येकोे श्री अन्तु एक रमणीय स्थल हो । निकै मनमोहक अन्तु डाँडामा सुर्योदय र सुर्यअस्त अवलोकनको लागि आन्तरिक तथा बाहृय पर्यटकहरुको भिड लाग्ने गरेको छ ।

सूर्योदयनगरपालिकाको केन्द्र फिक्कल बजारबाट १४ किलोमिटर पूर्वमा रहेको श्रीअन्तुमा सडक, संचार र खाना बस्नका लागि होमस्टे संचालन भएको हुँदा बर्षेनी पर्यटक बढ्ने क्रममा रहेका अन्तु पर्यटक बिकास समितिका अध्यक्ष धनकुमार आलेले बताए ।

हरेक बर्ष ४० हजार भन्दा बढी पर्यटकहरु होमस्टेमा बस्ने गरेको आलेकोे भनाई छ । अन्तुको बिकासका लागि समितिले गुरु योजना समेत तयार गरेको उनले सुनाए ।

वरिपरि चियावारी, सल्लाका सुरिला रुखले वरिपरिवाट घेरिएको यस क्षेत्रमा पुग्दा साच्चै स्वर्गीय आन्नद प्राप्त हुन्छ । स्थानीय युवाहरुको सक्रियतामा पोखरीको वीच भागमा मन्दिर निमार्ण गरि यसलाई धार्मिक क्षेत्रको रुपमा समेत विस्तार गरिएकाको छ ।

सथै घुम्न आउने पर्यटकहरुलाई खान बस्नका लागि ४३ वटा होमस्टे संञ्चालनमा रहेका स्थानिय रुद्र घिमिरेले बताए । अन्तु सूर्य पर्यटन मा मात्रै सीमित छैन भन्ने धेरै लाई थाहा छैन । अरू मौसममा जो यहाँ आउँछ, उसले मात्रै अनुभव गर्छ प्राकृतिक, ऐतिहासिक र हावापानीका हिसाबले अन्तु त्योभन्दा बढी आकर्षक रहेको घिमिरेको भनाई छ ।

अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि सूर्याेदय, सूर्यास्त अत्यन्त आकर्षक देखिन्छ । अन्तुको बिकासका लागि केही योजनाहरु बनेका भए पनि अझै केही योजनाहरु बनाउन बाँकी रहेको होमस्टे संचालक समिति सदस्य एकराज घिमिरेले बताए । तर बर्षेनी पर्यटकहरुको चाम बढ्दो क्रममा देखिएको उनको भनाई रहेको छ ।

केहि वर्ष यता यस पोखरीमा पर्यटकको आगमन र आगमातालाई अझ रमणीय बनाउन ढुङगाको व्यवस्था पनि गरिएको छ । स्थानीय युवा रुद« घिमिरेका अनुसार यहाँ अहिले दुई वटा ढुङगा सञ्चालित छन् ।

अन्तु बाह्रै महिना पर्यटकीय रहन्छ । हरियो गलैंचा ओछ्याएझैं चटक्क मिलेको चियाबारी, कोणधारी धुपी, सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरु बाली श्रीअन्तुको आकर्षण हुन् ।

अन्तुबाट कञ्चनजंघालगायत हिमशृंखला पनि नजिकै देखिन्छन् भारतको पश्चिम बंगालका सयौं पर्यटक बर्से्नि यहाँ आउने गरेका छन । तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुमा भिड लाग्ने गर्छ । नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बंगालबाट बढी पर्यटक आउँछन् ।

अरु बर्ष भन्दा यस बर्ष पर्यटकको आवागमन निकै बढेको र आम्दानी पनि बढेको होटल व्यवसायीहरु बताउछँन । पर्यटन प्रर्वद्धनमा अझ सकृयताको साथ गर्न सके र सरकारी निकायको ध्यान यो क्षेत्रको संरक्षण अनि प्रर्वद्धनमा अहिले भन्दा बढेर गयो भने अन्तु पोखरी नेपालको मात्र नभई विश्वकै एक पर्यटकीय नगरी बन्नेमा दुई मत देखिदैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार