
हिन्दु नारीहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै भन्दा धेरै तीज गीत सार्बजनिक भैसकेका छन्, केहि गीत तीजकै झल्को दिने खालका छन् भने केहि गीत समाजमा बिकृति विसंगति भित्र्याउने खालका छन् lआफ्नो पन आफ्नो परम्परा बोकेका भन्दा पनि व्यवसायलाई मध्यनजर गर्दै निर्माण गरिएका गीतले राम्रा गीतहरुलाई ओझेलमा परेको कुरा पनि नकार्न सकिदैन l
आज भन्दा २ वर्ष पहिले बजारमा आएको शिलु भट्टराई र खुमन अधिकारीको आवाजमा रहेको “भगेरी चरी” ले दर्शकको मन जित्यो र सबैको मुख मुखमा झुण्डियो त्यस्तै आफ्नो मौलिकता बोकेको तीज गीत ” जमुनाको तीर” पनि अहिले बजारमा सार्बजनिक भैसकेको छ l
संचार कर्मी निरु गौतमको लय सब्दमा तयार पारिएको गीतमा तीजमा माइत जना नपाएर आफ्नो मनको बह आफ्नो राजा संग ब्यक्त गरेको कुरा गीतमा समाबेश छ l बुलबुल मिडियाले बजार ब्यबस्थापन गरेको भिडियोलाई बिष्णु भट्टराई ले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् l
बुटवलको सिद्धार्थ कटेजमा छायांकन गरिएको उक्त भिडियोमा सुमन पौडेल , सपना राना , कुलचन्द्र पुरी, बिष्णु श्रेष्ठ, मीरा कार्की लगायतको अभिनय देकना सकिन्छ l सगुन शर्माले श्रीन्गार गरेको भिडियो मा कृष्ण बाबुले निर्माण नियन्त्रकको भूमिका निर्बाह गरेका छन् , बजारमा सार्बजनिक भए लगत्तै दर्शकको राम्रो प्रतिक्रिया आएकोले गीत संगीतमा अझ राम्रा सिर्जना दर्शक माझ पस्कने निरु गौतम बताउछिन, हेरौ सार्बजनिक भिडियो





















































