आशलाग्दो प्रतिभा अर्जुन ‘बेदना’

गोपाल गिरी

कन्याम : ईलामेली माटोले सांगितिक क्षेत्रमा थुप्रै मुर्धन्य श्रष्ठा र प्रतिभाहरु जन्माएको छ । यीनै भीडमा आफ्नो बेग्लै पहिचान बनाउन संघर्षरत युवा प्रतिभा हुन् सुर्योदय नगरपालिका कन्याम गोगनेका अर्जुन ‘बेदना’ राई ।

साहित्य र संगीत भने पछि हुरुक्क हुने ‘बेदना’ स्कूले तथा कलेज जीवनदेखि नै साहित्य सिर्जना र गायनमा लागेका हुन् । नारायण गोपालका गीतहरुबाट प्रभावित भै सांगीतिक गुरु फुर्वा योञ्जनबाट संगीतको औपचारिक ज्ञान हासिल गरेका उनी स्कुल, कलेज तथा स्टेज प्रोग्रामहरुमा पनि आफ्नो प्रस्तुति दिने गर्दछन् ।

२०३६ सालमा जन्मेका यी प्रतिभाको पहिलो सिर्जना ईलाम तारा बिजेता बिजय फागोको स्वरमा रेकर्ड गरिएको थियो । त्यसै गरी खडग लुङगेली तथा बलराम समालको संगीत संयोजन रहेको ‘भेटघाट भयो बिहीबारै हाटमा म भए भुतुक्कै’ बोलको गीत आफ्नै स्वरमा रेकर्ड गराइसकेका छन् ।

त्यसैगरी लक्ष्मीपुर निवासी गायिका बिनु लिम्बूको साथमा ‘बाचुञ्जेल तिम्रो साथैमा हात देउ मेरो हातैमा’ बोलको युगल गीत पनि रेकर्ड गराई सकेका छन् । निकट भबिष्यमै स्वदेश गान र बान्तवा भाषाको गीत रेकर्ड गराउने सोचाइमा रहेका उनी हाल भने साहित्य बिधा अन्तर्गतको को ‘नटुङगीने यात्राहरु’ नामक रुवाईयात संग्रह प्रकाशनको तयारीमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार