अस्पताल स्थापनाको एक शताब्दीपछि शिशु स्याहार कक्ष स्थापना

धनकुटा : स्थापनाको एक शताब्दीपछि जिल्ला अस्पताल धनकुटामा नव शिशु स्याहार कक्ष एस.एन.सी.यू स्थापना गरिएको छ ।

१९७० सालमा धनकुटा सदरमुकाममा स्थापना भएको अस्पतालमा पहिलो पटक नवजात शिशुको सुरक्षित उपचार र स्याहारका लागि नवशिशु स्याहार कक्ष  स्थापना गरिएको हो ।

यो सेवा शुरु भएसँगै जन्मिएको १ महिनासम्मका शिशुलाई जन्डिस, स्वासप्रस्वास तथा अन्य असामान्य अवस्था भएमा उक्त कक्षमा उपचार गरिने अस्पतालका डाक्टर फणिन्द्र बरालले जानकारी दिए ।

एक पटकमा ५ जनासम्म शिशुलाई सेवा दिन सकिने यो स्याहार कक्ष सञ्चालनका लागि रेडियन वामर ३, फोटो थेरापी मेसिन २ थानसहित विभिन्न ९ वटा उपकरण राखिएका छन् ।

कक्ष सन्चालन तथा उपकरणका लागि स्वास्थ्य विभागको ११ लाख, धनकुटा नगपालिकाको ६ लाख, अस्पताल विकास समितिको ३ लाख गरी कूल २० लाख रुपैयाँ लागत रहेको अस्पताल विकास समितिका अध्यक्ष सुनिल डंगोलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार