विश्वसामु अझै अब्बल दर्जाको खेलाडि रोनाल्डो

लोकेन थेवे

माईजोगमाई : बिहीवारदेखि रसियामा शुरु भएको २१ औं फिफा विश्वकपमा आफूलाई विश्वसामु चिनाउन धेरै खेलाडीमध्ये थोरैले मात्र चिनाउन सक्छ्न् । त्यसमध्ये धेरैले चिनेको पोर्चुगलका रोनाल्डो संसारका थोरैले मात्र नाम नसुनेको र नचिनेको हुनुपर्छ ।

सन् ५ फेब्रुअरी १९८५ पोर्चुगलको फनचल मध्येरीया भन्ने ठाउँमा जन्म भएको रोनाल्डोको वास्तबिक नाम कृस्टानो रोनाल्डो दस सन्तोष एभेरियो हो । तर फुटबल खेलबाटै चर्चा कमाउन थालेपछि प्राय क्रिस्टियानो रोनाल्डोको नामले चिन्न थालेको हो । ६ फिट १ इन्च उचाइ रहेको रोनाल्डोले पोर्चुगलको स्पोटिङ सिपिबाट आफ्नो करियर सुरु गरेका उनले राष्ट्रिय टोलिमा २००३ मा डेब्यु गरेका थिए ।

रोनाल्डोले २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडमा ६ बर्ष बिताउँदा विश्वको सबैभन्दा महँगो खेलाडी मुल्यमा रियल म्यड्रीड्मा टान्सपर भएका थिए । हाल पनि सिहि क्लबका मुख्य खेलाडी रहेका छ्न् । रसियामा भइरहेको विश्वकपको हिजो राती भएको स्पेन विरुद्धको खेलमा हयाट्रीक गरेका रोनाल्डो ४ पटक खेलेको विश्वकपमा निरन्तर गोल गर्ने खेलाडिको सूचिमा उभ्याउन सफल भएका छन् ।

२००६ देखि रेगुलर विश्वकप खेलिरहेका ३३ वर्षीय रोनाल्डोको यो अन्तिम विश्वकप पनि हो । उमेरको कारण २०२२ मा कतारमा हुने विश्वकपमा देख्न पाइने छैन । रोनाल्डोकै कारण संसारले पोर्चुगल देश चिन्ने गरेको छ । हालसम्म राष्ट्रिय टोलिबाट ८३ गोल गरि सकेका रोनाल्डोले ६७० भन्दा बडि देश र क्लबका लागि गोल गरिसकेका छ्न् भने ५१ पटक हयाट्रीक गरिसकेका छन् ।

रोनाल्डोकै कारण २ वर्ष अगाडी पोर्चुगलाई पहिलो पटक युरोकप जिताए । म्यान्चेस्टर र रियलमा रहँदा हालसम्म युईएफए ५ पटक जिताएका छ्न् भने ५ पटक बेल्डोओर बिजेता पनि भएका छन् । ३३ वर्षमा पनि उत्तिकै फममा रहनु रोनाल्डोको मानसिकताको खुबी हो । त्यसैले उमेर ढल्किदाँ पनि विश्वसामु अझै पनि अब्बल दर्जाको खेलाडि छन् रोनाल्डो ।

हाल पोर्चुललको कप्तानको जिम्मेवारी सम्हालिरहेको रोनाल्डोको हेड बल झनै तेज गतिको छ । त्यसैले हरेक खेलमा रोनाल्डोको हेडबल जुनसुकै किपरको लागि टाउको दुखाइको विषय हुन्छ । जस्तो सुकै अवस्थामा गोल गर्न खपिस छन् उनी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार