विविसी हाङखिम
सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ मा रहेको टोड्के झर्ना ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यको सम्भावना भएर पनि उचित रूपमा प्रचारप्रसार र भौतिक विकास गर्न नसक्दा ओझेल परेको हो ।
नेपालको पहिलो अग्लो तेह्रथुमको ह्यातुङ झर्ना पछि २ सय ८० फिट अग्लो दोस्रो झर्ना भनेर चिनिएपनि त्यहाँसम्म पुग्ने मोटरबाटो समेत निर्माण भएको छैन । मोटरबाटो निर्माण नहुँदा पर्यटकहरु पैदल यात्रा गर्न बाध्य छन् । त्यस झर्नाको भौतिक विकासका लागि गतवर्ष गाउँपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेपनी कार्यान्वयन हुन नसकेको सन्दकपुर
गाउँपालिकाका अध्यक्ष उदयबहादुर राइले बताए ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष गिरिराज खनालले कार्ययोजना निर्माण भइसकेपनि पर्याप्त बजेट नहुँदा काम गर्न नसकेको बताए । मेची पहाडी तथा पर्यटन प्रवर्द्धन विकास समिति इलाम, नेपाल पर्यटन बोर्ड काकडभिट्टा लगायतका संस्थाहरुमा बजेट माग गरिएको बताए ।
हालसम्म त्यस झर्नासम्म पुगेर अवलोकन गर्ने पर्यटकलाई खान बस्नको लागि कुनै होटल तथा लज सुबिधा नभएकोले
आसपासका बस्तिहरुमा होमस्टे घरबासको सन्चालन गर्नुपर्ने उनी बताउँछन् ।
झर्नाको तलतिर ३० मिटरको टेक्ड्याम बनाउने र ट्रस्टको सानो पुल बनाउने योजना रहेको खनालले बताए । पर्यटकहरू पानीको फोहोरा छुँदै मनोरञ्जलन लिन पाउने व्यवस्था मिलाउने उनले सुनाए ।
झर्नाको वरिपरि विभिन्न प्रकारका फुलहरु रोपेर बगैंचा बनाउन पाए झरनाको पानीको फोहोरालाई विभिन्न खालको खस्ने बनाउन सके पर्यटकको मन अझै लोभ्यानउ सकिने स्थानीयहरु बताउँछ्न् ।






















































