कृष्ण ओझा
पाँचथर : पाँचथरको फिदिममा १ नम्बर प्रदेश स्तरीय बहुभाषिक साहित्यिक संगोष्ठिी शनिबार सम्पन्न भएको छ ।
पाँचथरका साहित्यकारहरु, याक्थुम प्रज्ञा प्रतिषठान नेपाल र साहित्यका पुराना अभियान्ता नौलो साहित्य बिहान प्रतिष्ठानको आयोजनामा गोष्ठी संचालन भएको हो ।
गोष्ठिमा नेपाल प्रज्ञा प्रतिष्ठान कामाण्डौका कुलपति गंगाप्रसाद उप्रेती र प्रज्ञा सदस्य श्रवरण मुकारुङको उपस्थिती रहेको थियो ।
गोष्ठिमा भाषा, साहित्यको लेखाजोखा, साँस्कृतिक सम्बन्धको विकास, नेपाली भाषा तथा साहित्यको प्रवद्र्धन गर्ने उदेश्य रहेको आयोकजका महासचिव तथा पाँचथरे साहित्यकार प्रेम ओझाले जनाए ।
प्रदेश स्ततरीय भएको संगोष्ठीमा भौगोलिक, विविधता, बहुभाषिक, बहुसाँस्कृतिक, विकास गर्ने र भाषा, कला, संकृति साथै साहित्यको विकासक्रमका लागि शुक्रबार ¥याली समेत निकालिएको थियो । संगोष्ठीमा साहित्य क्षेत्रमा महत्वपुर्ण योगदान दिने श्रष्ठाहरुलाई समेत प्रमाण पत्रले सम्मान गरिएको छ ।
सम्मान्न र अभिन्नदितहरुनेहरुमा पाँचथरका श्रष्ठा अमरकुमार नेम्वाङ, धनकुटाका धनहाङ लिम्बू, मोरङका डिल्ली लिङदम, इलामका स्वर्गीय सानङमा एवाई राइ वान्तवा, मरणोपरान्त लगायतलाइ सम्मान गरिएको छ । सम्मानित श्रष्ठाहरुलाई कुलपति उप्रेती र श्रवरण मुकारुङले प्रमाणपत्र र खदाले सम्मान गरेका थिए ।
शुक्रबार फिदिम बजार परिक्रमा गरि मनाइएको थियोे । बृहत संगोष्ठी भनिएपनि जिल्ला समन्वय समितिको हलमा पहिलो सभा सम्पन्न भएको छ ।
शनिबार संगोष्ठीमा विभिन्न भाषाका रचना, कविता वाचन भएको थियो । गोष्ठीमा सहभागि श्रष्ठाहरु, भोजपुर खोटाङ, पाँचथर, इलाम र उदयपुरले प्रस्तुत गरे ।
नौलो सात्यि विहानका अध्यक्ष राम चापागाईको अध्यक्षतामा भएको संगोष्ठीको औचित्यबारे याक्थुङ प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगुले प्रष्ट्यााएका थिए । गोष्ठीमा जातजातिको झाँकीसहितको सहभागिता रहेको थियो ।
संगोष्ठीमा सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, साहित्यअनुरागीहरु सहितको उपस्थिती रहेको थियो ।