नरेन इलामेली
माइजोगमाई : सामुदायिक विद्यालयका कर्मचारी गरिएको हकहितका लागि इलामको माइजोगमाई गाउँपालिकामा नेपाल विद्यालय कर्मचारी परिषद गठन गरिएको छ।
नयाँबजार श्रोत केन्द्रको भवनमा समपन्न कार्यक्रमले १३ सदस्य्यीय कार्यक्रम समिति चयन गरेको हो। नवगठित समितिको अध्यक्षमा वेद प्रदान सुवेदी, सचिव पदम भट्टराई र कोषाध्यक्ष गोपाल खँड्का सहित १३ जना चयन भएका छन।
कार्यक्रम नयाँबजार श्रोत केन्द्रका श्रोत व्यक्ति केशवराज पौडेलको प्रमुख आतिथ्यता समपन्न भएको नवगठित समितिका सचिव पदम भट्टराईले नयाँ बुलन्दलाई जानकारी दिए। कार्यक्रमा ४५ जनाको सहभागीता रहेको थियो। सामुदायिक विद्यालयका कर्मचारीहरुका हकहितका लागि सँधै सक्रिय रहने नवगठित समितिका पदाधिकारीहरुले प्रतिवद्धता समेत व्यक्त गरेका छन।






















































