२ वर्षभित्रमा साक्षर नेपाल बनाउने

काठमाडौं : सरकारले आउँदो २ वर्षभित्रमा साक्षर नेपाल बनाउने भएको छ ।अर्थमन्त्री युवराज खतिवडाले मंगलबार आव ०७५र०७६ को बजेट संसदमा पेश गर्दै बजेट भाषणमा आगामी २ वर्षभित्र देशलाई साक्षर बनाउने कार्यक्रम सार्वजनिक गरेका हुन् ।

बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ भने विद्यालय भर्ना अभियान प्रभावकारी बनाउने, माध्यामिक तहसम्मको शिक्षा निःशुल्क गर्ने र विशेष अभियान चलाएर निरक्षरता निर्मुल गर्ने कुरा उल्लेख गरिएको छ ।

विश्वविद्यालय सुधार, पाठ्यपुस्तक सुधार, शिक्षा संकायमा स्नातकोत्तर गरेका विद्यार्थीलाई अनिवार्य रुपमा सामुदायिक स्कुलमा इन्टर्नशिप गर्नुपर्ने पनि बजेटमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार