चेतन आङथुपो
झापा : स्थानीय स्तरमा आम दर्शकलाई नाटक हेर्न संस्कृतिको विकास गर्ने उदेश्यले झापाको दमकमा तीन दिनदेखि मञ्चन गरिएको नाटक ‘जीउँदो आकाश’ सकिएको छ ।
गत ११ जेठदेखि १३ गतेसम्म मञ्चन भएको नाटकको १२ सय दर्शकहरूले अवलोकन गरेका थिए । दकमस्थित गोर्खा डिपार्टमेन्ट सभाहलमा मञ्चन भएको नाटक ६ पटक मञ्चन भएको थियो । नाटक इलामको चुलाचुली रंगमञ्चको संयोजनामा मञ्चन गरिएको हो ।
चन्द्र पाण्डेको लेखन र रोशन मेहेताले निर्देशन गरेको नाटकमा अनिल सुब्बाको एकल अभिनय रहेका छ ।
अनिलको अभिनयले १ घण्टा १० मिनेटका समय दर्शकले हाँस्दा-हाँस्दै मन भकानिएको पत्ता नपाउँदै आँखाभरी आँसु पुछिरहँदा नाटकले दर्शकलाई स्वतन्त्रको खुसी दिएर सकिन्छ ।
दर्शकको थप माग हुँदाहुदैं मञ्चन समय सकिएको नाटक हेर्न नाटकमा राजनीतिकज्ञय, प्राध्यापक, पत्रकार, कानुनविद, विद्यार्थी र तेस्रो लिंगीहरूका समेत उपस्थिति रहेको थियो ।
नेपाली रंगमञ्चमा पहिलोपटक तेस्रो लिंगीहरूका विषयमा साईलेण्ट आक्ट थिएटरले तयार पारेको सो नाटक भारतको आठौं अन्तर्राष्ट्रिय ड्रामा ओल्मपिक फेस्टिभलमा सहभागी हुन सफल नाटक नेपालमा मात्र ५७ पटक मञ्चन भइसकेको छ ।
कार्यक्रम संयोजक अशोक बस्नेतको संयोकत्वमा सम्पन भएको थियो ।


















































