भरोसा नेपालले ‘बृहत साँस्कृतिक कार्यक्रम’ गर्दै

नयाँ बुलन्द

इलाम : इलाम सदरमुकाममा स्थापना भएर विभिन्‍न सामाजिक कार्यमा क्रियाशील ‘भरोसा नेपाल’ ले सदरमुुुकाममा वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

‘कला, संस्कृति हाम्रो पहिचान सामाजिक सेवामा युवा अभियान’ भन्‍ने नाराका साथ भरोसा नेपालले दोस्रो प्रस्तुती स्वरुप आगामी २२ वैंशाखमा वृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

विहान ११ बजेदेखि ठूलो टुँडिखेलमा सुरु हुने कार्यक्रममा कलाकारहरु ज्योति मगर, पदम राई, प्रमोद खरेल, लेखु विवश लगायतको प्रस्तुती रहने भरोसा नेपालका अध्यक्ष विक्रम फियाकले जानकारी दिए ।

गत वर्ष भरोसा नेपालले पहिलो सांगितिक कार्यक्रम गरी महमाइ र दानाबारीको बीचमा पर्ने माइखोलामा डुङ्गा दुर्घटना पीडितलाई ५० हजार बराबरको लत्ताकपडा सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार