कबुलकाे लाेकार्पण सम्पन्‍न

दमक : झापाको दमकमा संयुक्त गजल संग्रह “कबुल” लाेकार्पण समाराेह तथा स्रष्टा सम्मान रचना वाचन भएको छ । केशव अार्चयकाे प्रमुख अतिथिमा कार्यक्रम रूवाई मञ्च नेपालले अायाेजना गरेका कार्यक्रममा भुटानी नेपाली गजलकार याम थुलुङलाई सम्मान समेत गरिएको थियाे ।

कार्यक्रममा डा: बालचन्द्र सुब्बाले  शुभकामना र निहाङ किरातीले स्वागत मन्तव्य रखाेका थिए । असाेक बस्नेतका गजलमाथि गजलकार सुन्दर कुरूपले, उपेन्द्र नेम्वाङ विरहिकाे गजलमाथि जितेन मुस्कान पन्धाकले , कमल मिश्रका गजलमाथि भुपेन्द्र तिम्लसिना र राजकुमार सुब्बाको गजलमाथि गजलकार अभागी थेगुवाले बाेलेका थिए ।

दमककाे गंगानगरि स्थित गाेर्खाडिपाट्मेन्ट सभा हलमा रहेकाे कार्यक्रम मेची पुत्रले संचालन गरेका थियाे भन्, कार्यक्रम कमन देवानकाे संयाेजकत्वमा सम्पन भएको थियाे। कृति अनलाइनले प्रकाशन रहेका संयुक्त गजल संग्रह “कबुल”मा चार जना गजल स्रष्टाको २०/२० वटा गजल रहेका छ्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार