चुलाचुलीमा नाट्यकार्यशाला सम्पन्न

नयाँ बुलन्द

चुलाचुली : नाट्य क्षेत्रमा सक्रियता बढ्दै आएको चुलाचुली गाउँपालिकामा फमेन्ट्एशन थिएटर र फिजिकल थिएटरले आयोजना गरेको एक हप्ते फिजिकल कथा वाचन नाट्य वर्कशप सम्पन भएको छ ।

चुलाचुली रंगमञ्चको प्रेक्षालयमा सम्पन भएको कार्यक्रमले नाट्यकार्यशालाका सहजकर्ताहरूलाई प्रमुख अतिथि प्रेमदिप थाम्सुहाङ, वडापालिका-४ प्रमुख कालिदास भट्टराई, उद्यमी हेमकुमार जवेगुद्वरा खदा र धन्यवाद-पत्र प्रदान गरि सम्मान पुर्वक विदाई गरिएको थियो ।

नयाँ नाट्य शैलीमा कलाकारहरूको उत्पादन गर्ने उदेश्य समेत रहेका नाट्यकार्यशाला चुलाचुली वडा नम्बर ३ स्थित देउराली सामुदायिक कर्वड हलमा गत २३ चैतदेखि सुरू भएको थियो । कार्यशालामा १६ जना प्रशिक्षार्थीहरूले सहभागिता थियो ।

उक्त नाटक वर्कशपमा सफल नाटक ” जिउँदो आकाश” का निर्देशक तथा रंगकर्मि रोशन मेहता, अमेरिकन रंगकर्मी पिटर सेइफ्रथ र जेसिकाले सहजिकरण गरेका थिए । कार्यशालामा शारीरिक कथा वाचन, म्यूजिकल र सर्कस थिएटर साथै विशेष नाट्य शिल्प अभ्यास गराइएको थियो । कार्यक्रम रंगमञ्च अध्यक्ष मानहाङ लावतीको संयोजकत्वमा सम्पन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार