जीवन लिम्बू
काठमाडौँ : गायक आसराज लिम्बूको पालाम (मिम्जिफूङ) युटुवमा सार्वजानिक भएको छ । गायक समेत रहेका लिम्बू सँगै गायीका मनू नेम्वाङको स्वार रहेको गीतमा गायक लिम्बू स्वमको प्रस्तुती समेत रहेको छ ।
सुवर्ण नेम्वाङको शब्द रहेको गीतमा यादेन शेर्माको संगीत रहेको छ । गीतको कार्यकारी निर्देशन देउ कृष्ण लिङखा देवानले गरेका छन् । गीतको निर्देशन भने विक्रम वनेम फागोले गरेका हुन । गीतको छायाँङ्कन युवराज राई गरेका छन् ।
लिम्बू समुदायमा आधारीत मौलिक नाच अन्तर्गत रहेको धान चाँनमा गाउने पालमको सुन्दर लय भरिएको गीतमा मनुता काम्वाङ्ग ईवारम, दिप केरुङ र संगीता लावतीको अभिनय रहेको छ भने बाल कलाकारमा वारमफुङ्ग योङ्हाङ्ग लिम्बु रहेका छन् । श्रृंगारतर्फ सोम मगराती रहेका छन् ।
यस्तै ड्रोन अपरेटरतर्फ नगेन धिमाल रहेका छन् । लिम्बू भाषामा ’मिम्जिफुङ’को अर्थ ’मायाको फूल’ हो । माया प्रेममा आधारित गीतमा लिम्बु जातिको भेषभूषा, कला संस्कृति र परम्परालाई पनि विशेष प्राथमिकतामा राख्दै देखाउन खोजिएको छ ।
लिम्बू जातिको मौलिक नाचँ सँगै संस्कार संस्कृतिको जगेड्ना गर्ने उद्देश्यले यो पालाम गीतको निर्माण गरिएको कार्यकारी निर्देक समेत रहेका देवानले वताए ।