राम अाङदेम्बेको शब्द संगीतमा मेनुका पौडेलको आवाजमा “वसन्ती ऋतु झैँ” सार्वजनिक

गीतकार तथा संगीतकार राम अाङदेम्बेको शब्द र संगीतमा नेपाल आइडलकी मेनुका पौडेलको सुमधुर आवाज रहेकाे “वसन्ती ऋतु झैँ” बोलको गीत सार्बजनिक भ्एको छ ।

सम्भवत नेपाल अाइडलहरूमा सर्वाधिक गित रेकर्ड गराउने गायक/गायिकाहरूमा पर्छिन् मेनुका पाैडेल पनि । सुगम संगीतका पारखीहरूका लागि एउटा मिठाे खुराक बन्न सक्छ “वसन्ती ऋतु झैँ” काेइली कंठ उपमा पाएकी मेनुका अाफूलाइ मन पर्ने गितहरमा उक्त “वसन्ती ऋतु झैँ” गीत पनि रहेकाे बताउँछिन् ।

यस्तै पुर्वलाइ कर्म थलाेकाे रूपमा छानाैट गरी नेपाली गीत संगीतमा सक्रिय रहेका गीतकार तथा संगीतकार राम अाङदेम्बे सानैबाट यस क्षेत्रमा बिषेश रूचीका कारण पनि अनवरत गीत रेकर्ड गराइ रहेका रामकाे याे एल्वम् भने पहिलाे हाे । उनले चाडैं नै इलाम बिषेश गीत तथा भिडियाे लिएर दर्शक श्राेता माझ अाउने बताए ।

साथै “वशंन्ती ऋतु झैँ” काे पुरा भिडियाे पनि तयार भइ चाडैं सार्वजनि हुने जानकारी गराए ।

सर्वज्ञान म्यूजिकको पस्तुति रहेको उक्त गीतमा राम अाङदेम्बेको शब्द र संगीतमा मेनुका पौडेलको सुमधुर आवाज रहेको छ । उक्त गीतमा संगीत संयाेजन अशाेक थापाकाे रहेकाे छ भने भिडियाेमा सर्वज्ञान फिल्म्सकै पोष्ट प्रोडक्सन समेत रहेको भिडियोको छायाँकन तथा सम्पादन ज्ञानेन्द्र काेइरालाले गरेका छन् ।

भिडियोकाे लागि क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार