‘पानी पुरी पसलमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

इलाम : इलामे गीतकार सन्तोष भक्तराजको ‘पानीपुरी पसलमा’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । इलाम सदरमुकामस्थित चियाबारी एफएममा आयोजित कार्यक्रममा म्यूजिक भिडियोको बिमोचन गरीयो ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै गीतहरु लेख्दै आएका गीतकार भक्तराजको यो दोस्रो म्यूजिक भिडीयो हो । सुख दुखका साथै पछिल्लो समयमा पप आधुनीक गितहरु लेख्दै आएका उनले हालसम्म ४० वटा गीतहरु रेकर्ड भइसकेको छ ।

उक्त म्यूजिक भिडियोमा कलाकारीताको क्षेत्रमा भर्खरै प्रबेश गरेका इलाम नगरपालिका ७ चोक बजारका प्रज्वल ताम्राकार र सन्दकपुर गाउँपालिका माइमझुवाकी लक्ष्मी राईको अभिनय रहेको छ ।

पर्यटकिय जिल्ला इलामलाई देश चिनाउने र इलामे कलाकारको प्रतिभालाई प्रष्फुटन गराउने हेतुले यस गितमा इलामे कलाकारकै स्वर र संगीत रहेको र म्यूजिक भिडियोमा पनि इलामे कलाकारलाई नै समावेश गरीएको गीतकार सन्तोष भक्तराजले बताए ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार