मनिराज निङलेकुको गजल संग्रह “उजुर” को लोकार्पण

झापा : भारतीय गोर्खा सैनिकमा सेवारत नयाँ पुस्ताका शक्तिसालि गजल सर्जक मनिराज निङलेकुको गजल संग्रह “उजुर” को लोकार्पण भएको छ ।

दमकको गंगानगरी गोर्खा डिपाटमेन्टको समिक्षा हलमा कृति अनलाइनले आयोजना गरेको कार्यक्रममा गजलकार असोक बस्नेत र सुन्दर कुरूपले आफ्नो गजल बाचन गरेपछि लोकर्पण कार्यक्रमले औैपचारीकता लिएको थियो ।

प्रमुख अतिथि अभागी थेगुवा, विशिष्ट अतिथि कवि उपेन्द्र सुब्बाबाट कृति विमोचन गरिएको थियो ।  गजलकार लोकेन्द्र बञ्जरा, कवि तथा समालोचक शिव प्रणत, गजलयात्री विमला चिमोरीयाले कृतिमाथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा दुई दर्जन बढी स्रष्टाहरूले रचना वाचन समेत गरेका थिए । महेश भण्डारीले स्वागत गरेको कार्यक्रम गजलका सुन्दर प्रस्तोता विबसबलिभद्र कोइरालाले संचालन गरेका थिए । कार्यक्रम कृति अनलाइनका संस्थापक डिडस गजुरेलको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार