रंगमञ्‍च शून्य पथ वडा नम्बर ४ देखि सुरू

नयाँ बुलन्द

चुलाचुली : सामाजिक उत्तरदायीत्वका लागि नारा रहेका शून्य पथ सचेतना कार्यक्रमको उदघाटन चुलाचुली रंगमञ्चले गरेको छ ।

दुई दिन आयोजना गरिने उक्त सीर्जनशिल कार्यक्रमको उदघाटन रंगमञ्चका अध्यक्ष मानहाङ लावती लगायत अतिथिहरूका संयुक्तमा एकै साथ व्यानर पढेर कार्यक्रम सुरू गरेको थियो ।

चुलाचुली गाउँपालिकाभरी गरिने सामाजिक अभियान चुलाचुली वडा नम्बर ४ आइबारे स्थित चुलाचुली रंगमञ्चकै प्रेक्षालयबाट सचेतना कार्यक्रम  शून्य पथको सुरूवात गरिएको हो । कार्यक्रममा समाजसेवी शुभमाया राई, बसन्त हाङसुरूम्बा, पवित्र रसाईली, शरण जवेगुका उपस्थित रहेको थियो ।

समाज रूपान्तरणको लागि नाटक गर्दै आएको चलाचुली रंगमञ्चले यसपटक समाजका जिम्मेवारी व्यक्तित्व र सामान्य मानिसहरू  समाजिक विषय माथि प्रत्येक्ष छलफल गर्नकै लागि आयोजना गरिएको रंगमञ्चका सदस्य केशर भूजेलले वताएका छन् ।

तीन चरणमा सम्पन हुने कार्यक्रम नयाँ कामको योजना बनाउनेहरूका लागि विशेष रहेका छ । १७ गते सम्पन्न हुने दुई दिने सचेतना कार्यक्रममा पहिलो दिन विभिन्न पेशामा आवद्ध १६ जनाका सहभागीता रहेका थियो ।

जवेगु च्याउ खेतीका प्रवन्धक हेमकुमार जवेगुले समाज समृद्धि वनाउन हरेक मानिसहरूले आफू आर्थिक रूपमा मात्र नरहेर सामाजिक, मानसिक साथै  सकरात्मक सोचका विकासले जिम्मेवारी भूमिका बहन गर्न सके मात्र समृद्धि हुने वताए । उनले थपे ` आफू च्याउ खेती उधमि भएकै कारण छिमेकमा खाँली समय विताइ रहेका महिलाहरूलाई दिन थालेका छु ।´

कार्यक्रममा सहभागी महिला बविता याख्याले समाजप्रति उत्तरदायित्व भूमिका बहन गर्न आाफ्नै लगानीमा ढाका उद्योग संचालन गर्दै आएको बताउँदै अहिलेसम्म स्थानीय निकायको सहयोग नपाएको गुनासो गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार