सोनीको नयाँ म्युजिक भिडियो

काठमाडौं : गायिका सोनी कार्कीको नयाँ गीत ‘जता हेर्छु केवल तिमी–तिमीलाई नै देख्छु’को भिडियो सार्वजनिक भएको छ ।

फिल्मशालाको निर्माण रहेको यो भिडियो युट्युब च्यानल फिल्मशालाटीभी मार्फत शुक्रबार सार्वजनिक भएको हो । यो गीतमा शब्द गायिकाकै र संगीत रिदम कँडेलको छ । गायनमा प्रमोद प्रसाईंले साथ दिएका छन् ।

छायांकनसहित भिडियो निर्देशन श्रीहरि श्रेष्ठले गरेका छन् भने सम्पादन निर्मला डंगोलको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार