इलाम : प्रगतिशिल लेखक संघ (प्रलेस) इलाम शाखाले वरिष्ठ साहित्यकार तथा लेखक तारानाथ शर्मा (ताना) लाई आईतबार इलाममा समान गरेको छ ।
१९९१ साल असार ९ गते इलामको बरबोटेमा जन्मिएका साहित्यकार शर्मा नेपाली र अंग्रेजी भाषाको ज्ञाता समेत हुन् । साहित्यकार शर्माले २०१८ सालमा प्रगतिशिल लेखक संघमा समेत कार्यरत थिए ।
इलाम जिल्लाबाट प्रसिद्ध मदन पुरस्कार प्राप्तगर्ने चार जना साहित्यकारहरु मध्ये शर्मा पनि एक हुन् । मदन पुरस्कार प्राप्तगर्ने अन्य शलामे साहित्यकारहरुमा महानन्द सापकोटा, जनकराज शर्मा र युवराज नयाँघरे हुन् ।
प्रलेस इलाम शाखाका अध्यक्ष डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा भएको कार्यक्रममा इलाम निर्वाचन क्षेत्र नम्बर २ (१) का प्रदेश सभासद रामबहादुर मगर, इलाम नगरपालिकाका मेयर महेश बस्नेत, इतिहासविद युद्धप्रसाद वैद्य, प्रलेसका पुन्य घिमिरे, बुद्धि घिमिरे स्मृति प्रतिष्ठानका अधयक्ष टीका घिमिरे, भानु प्रतिमा संरक्षण तथा साहित्य समितिका अध्यक्ष विमल वैद्य लगायतअन्य साहित्यकार तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।