खोरङ्वा खोला म्युजिक भिडियोमा सार्वजानिक

काठमाडौं : बेलायतमा रहेर गीतसंगीतमा पाइला राखेका नेम खापुङको दोश्रोे गीत ‘खोरङ्वा खोला’ को भिडियो युट्युवमार्फत सार्वजानिक भएको छ ।

सुनिता थेगिम र लक्ष्मण लिम्बूको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा विशाल सेनेहाङ र मिरान खापुङले अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा टेकेन्द्र यक्सोको संगीत संयोजन, अर्जुन तिवारीको छायांकन, दिनेश माङ्मु लिम्बूको कोरियोग्राफर, तेह्रथुमे ढाका बुटिकको ड्रेस सौजन्य, छत्र खापुङको निर्माण र लोकेन साँवाको निर्देशन रहेको छ ।

गीतलाई नेम खापुङको आफ्नै युट्युव च्यानलमार्फत सार्वजानिक गरिएको हो ।

गीत युट्युबमार्फत हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार