सम्झनाका लहरहरु (कविता)

अतितका घटनाहरुलाई सँगाल्दै
बिछोडका तिता यथार्थहरुलाई पन्छाउँदै
जिवनमा मिलनको कल्पनामा डुबेर
जिन्दगीको नयाँ मोडमा हिँड्ने
सम्झनाका लहरहरु
सम्झनाका क्षणहरुले सताउँदा
जुन बाटो तिमी कोरिया उड्यौ
त्यही बाटो आउँछौ भनि
नयनका परेलीहरु नझुकाई इशारा गर्दै
तिमी आउने गोरेटोहरुमा मौनताको दियो बालि
चौतारीमा पर्खी बसे पुष्ष गुच्छाले स्वागत गरुँ भनि
तर तिमी आएनौ पुष्पा गुच्छाहरु ओइलिएर झरेपनि
अनि ओइलिएर झरे मिठो कल्पनाको संसारमा सम्झनाका लहरहरु
बिड्मवनाको चोटले हृदयमा आगो सल्काइदिँदा
अतितका सम्झनाहरुसँगै जिन्दगीको मोडमा संघर्ष गरी
उनी सँगै हिड्ने सपनाको संसारमा
मिठा मिठा कल्पनाको क्षणहरु सँगै
बिछोडिए मेरा सम्झनाका लहरहरु
बिछोडिए मेरा सम्झनाका लहरहरु
बेलबारी ११ लक्ष्मी मार्ग, मोरङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार