कवि तीर्थ संगमको एकल कविता बाचन

नयाँ बुलन्द

इलाम : रेगिस्तानी कविको रुपमा परिचीत तीर्थ संगम राईको एकल कविता वाचन कार्यक्रम बुधबार इलाममा सम्पन्न भएको छ ।

भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति र फरक आयाम इलामले संयुक्त रुपमा आयोजना गरेको एकल कविता वाचन कार्यक्रममा राईले प्रवासी चेतमा अाधारित दर्जन बढि आफ्ना कविता सुनाएका थिए ।

राईले समसामयिक विषयमा लेखिएका सामाजिक, साँस्कृतिक, राजनैतिक तथा मायाप्रेममा आधारित कवितामध्ये ठूलेको कथा, दाजुसहित भाउजु परदेशी, छापामार योद्धाको डायरी, एक भूतपूर्व प्रेमिकालाई सम्झेर जस्ता कविताहरु बाचन गरेको थिए । कवि राई विगत १७ वर्षदेखि कतारमा बस्दै अाएका छन् ।

कविता बाचन कार्यक्रममा सृजनशील अराजकताका अभियान्ता राजन मुकारुङ्गले अबको कविताहरु केवल मायाप्रेममा आधारित हास्यव्याङ्गमात्र नलेखिएर समाज रुपान्तरण गर्ने शैलिका कविताहरु लेखिनु पर्ने बताए ।

त्यसै गरी सृजनशील अराजकताका अर्का अभियान्ता तथा इलामे कवि हाङयुङ अज्ञातले अबको कविताहरु कसरि लेखिनुपर्छ भन्ने बारेमा दार्शनिक अध्ययन अनुसन्धानरत रहेको बताए । अबको समाज साँस्कृतिक सम्मीलनको समाज भएको बताउँदै उनले “जंगलमा” शीर्षकको दार्शनिक कविता समेत सुनाए ।

एकल कविता बाचन कार्यक्रमा इलामे कवि विमल बैद्य, प्रकाश थाम्सुहाङ, सुमन क्षितिज, ईन्द्रनारायण सुवेदी, भीम लिम्बू, कौशिला चौहान, झापाका सेल्लीङ्ग के.सी. इलामका सुन्दर कुरुप लगायतले समेत आफ्ना सृजनाहरु सुनाएका थिए ।

कार्यक्रमको सञ्‍चालन फरक अायामका अभियान्ता सुमन ल्वागुनले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार