सिनेग्राफी बन्‍ने प्रमाेदको सपना

नयाँ बुलन्द

चुलाचुली : नेपाली म्यूजिक भिडियो खिच्‍न प्रमाेद लिम्बू (२५) काे सपना यतिबेला चुलिदैं छ । उनी डिजिटल प्रविधिका सौखिन युवा मात्रै हाेइनन्, उनकाे प्यासन नै फाेटाेग्राफी हुदै सिनेग्राफी बन्ने छ ।

संखुवासभा जिल्लाका खाँदबारीमा जन्मिएका प्रमाेदले २०६३ सालदेखि काम सुरु गरेका हुन् । दिल्लीबाट काम सिकेका प्रमाेदले फाेटाेग्राफीमा भने अाजको विज्ञान, प्रविधि साथै सूचना तथा फेसवुक सञ्जालमा फरक शैलीमा अरूले खिचिएका फाेटाेहरूबाट प्रभावित भएपछि उनले यसै क्षेत्रमा व्यवसाय बन्ने निर्णय गरेका हुन् ।

कम्प्युटर साइन्समा व्याचलर सम्मका अध्ययन गरेका प्रमाेद लिम्बू झापा दमक नगरपालिका -१ हवल्दार चाेक स्थित रहेका अाफ्नै बङ्गाल (घर) मा उनले एक दशक यतादेखि अाफ्ना बुबा-अामाका नामबाट “जयदूर्गा फाेटाे स्टूडियाे “संचालन गर्दै अाएका छन् । अाभस प्राेड्क्सन हाउस काठमाडौंबाट फाटाेग्राफी र भिडियो ग्राफीका तालिम लिएर दमक फर्किएको प्रमाेदले विवाह, वर्तबन्धनमा खिचिएका भिडियोहरूका इडिटिङ, मिक्सिङ काम गर्दै अाएका छन् । उनी फाेटाेग्राफी र डेक्सटपका काम समेत भ्याउँछन् ।

केही वर्षयता उनी यी काममा मात्र सन्तुष्टि नभएपछि अाफैले अाफ्नाे क्षमता म्यूजिक भिडियो खिच्नमा लागिपरेका छन् । लिम्बू खानदानीका छाेरा भएकाले बाबू-अामाका सपना परम्परागत पेसामा लाहुरे बनाेस् भन्ने रहेपनि उनका अाफ्नाे सानाे देखिका सपना प्रविधिसँग रमाउने थियाे । तीन सन्तानमध्ये प्रमाेद कान्छा हुन् । उनका एक दाजु ललितकला क्याम्पसमा अध्ययनरत छन् भने, उनका एक मात्रै दिदी नेपाल शस्त्र प्रहरीमा कार्यरत छन् ।

उनका बाबु पेसाले अमिन रहेपनि उनले अरूले प्रविधि क्षेत्रमा करियर बनाएका देखेपछि उनले अाफुलाई बुवाअामाकाे सपना भन्दा पर रहेर काम गर्न सुरु गरे । ६० भन्दा बढी भिडियो खिचि सकेका प्रमाेदले हाल गायक विशाल लिम्बूकाे गीत”रूदैछु अाज …” काे म्युजिक भिडियो भखरै उनले छायांकन गरेका छन् । दमक नगरमा निकै कम मात्रामा गरिने भिडियो इडिटिङ, मिक्सिङ र एनिमेसनका कामकै लागि गुणस्तर बढाउनकै लागि प्रमाेद यतिवेला एेरिना टिलिभिजनमा थप काम गरिएको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार