दोस्रो एल्बमको तयारी गर्दै रगुन गुरुङ

नयाँ बुलन्द

इलाम : इलामको पूर्वी क्षेत्रमा वसेर गायन विधालाई अंगालेका रगुन गुरुङको दोस्रो एल्बमको तयारी अन्तिम चरणमा पुगेको छ । पहिलो एल्बम ‘पृयता’ पछि गुरुङले दोस्रो एल्बम निकाल्न लागेका हुन् ।

एल्कमको नाम भने जुरी सकेको छैन । भर्खरै मात्र गुरुङले ‘झुकाइ आँखा प्रीतिको भाका बोलेउ र थोरै लजायौ, त्यै आफ्नोपन मन पर्यो झनझन सुट्क्क मलाई आफ्नो बनायौ’ भन्ने गाएका छन् । बिपिन “किरण“ को रचना, नारायण सुवेदी “आभाष“को सङ्गीतमा गुरुङले गितहरु गाएका छन् । गुरुङलाई चर्चित गायीका मेलिना राईले साथ दिएकी छन् ।

अवको एल्बममा पाँचवटा गित समावेश गरिने उनले वताए । यस एल्बममा ‘छेउमा आएँ बोलाएँ नत तिमि झर्किन्छौँ, मैले के मा बिराएँ किन तिमि तर्किन्छौ ।’ गित चर्चित छ । यस गितको शब्द कुमार विबाहितको हो भने संगीत नारायण सुवेदीको हो ।

करिव २०६२ सालबाट गीत रेकर्ड गराएर औपचारिक रुपमा गायन यात्रा शुरु गरेका गुरुङ सूर्योदय नगरपालिकामा एउटा विद्यालय सञ्चालन गर्छन् ।
पहिलो एल्मब ‘प्रियता’ का गितहरु श्रोताको मुखमा झुण्डिएका छन् । सो एल्बममा गणेश रसिकको शब्द रहेको ‘झुल्के घामको न्यानो सलाम भन्छ मेरो इलाम, नेपाल सुन्दर पारौं भन्छ चियाबारी कन्याम’ धेरैले गाउने गित भइसकेको छ ।

संगीतको औपचारिक शिक्षा नलिएका उनी अभ्यासले यहाँसम्म आएका हुन् । विद्यालय उमेरबाट नै वाजागाजा वजाउन अघि सर्ने उनी त्यसकै निरन्तरताबाट यहाँसम्म आएको वताउँछन् । निरन्तरको साधनासँगै उनी एकपछि अर्को उल्बमको तयारीमा लागेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार