पोखरा थिएटरको उद्घाटन

नयाँ बुलन्द

चुलाचुली : प्रणय दिवसका अवसरमा गैह्रापाटन पोखरामा निर्माण भएको पोखरा थिएटरको बुधबार उद्घाटन गरिएको छ ।

शंकरनाथ कोइरालाका संयोजकत्वमा पोखरामा पहिलो पटक निर्माण भएको पोखरा थिएटरको उद्घाटन प्रमुख अतिथि कास्की क्षेत्र नम्बर २ का सांसद रविन्द्र अधिकारी र विशिष्ट अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरु भक्तले पोखरा थिएटर र गन्धर्व नाटकघर नाम लेखेको प्लेडकाड पढेर गरेका थिए ।

पोखरा थियटरले नाटकघर निर्माणको सम्पूर्ण कार्य र त्यसका प्राविधिक अन्य पक्षहरुको उचित व्यवस्थापन भइसकेपछि नाटकघर नियमित गर्न लागिएको पोखरा थियटरका अध्यक्ष परिवर्तन कार्कीले बताए । उनले भने,´पोखरामा नाटक संस्कृतिका विकासका लागि निर्माण गरिएको गन्धर्व नाटकघरले पोख्रेली रंगकर्मीहरूका सपना पूरा भएको छ ।`

उटघाटनसँगै थियटरले सरुभक्त कृत ‘सिरुमारानी’ नाटक बिहिबार ३ गतेदेखि आम सर्वसाधारण दर्शकका लागि नियमित मञ्चन फागुन १५ गतेसम्म मञ्चन हुने भएको छ । हरेक साँझ पौने ५ बजेदेखि मञ्चन हुने नाटक ‘सिरुमारानी’ १ घण्टा ४० मिनेट समय रहेको नाटक सोमनाथ खनालले निर्देशन गरेका हुन् ।

शनिबार र विदाको दिन दिउँसो १ बजेबाट अतिरिक्त सो समेत हुने नाटकका लागि रंगमञ्च पारखीले तीनसय र पाँचसय दरको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा एकसय दरको टिकट लाग्ने बताइएको छ ।

नाटकमा पोखरेली रंगमञ्चमा चिनिइसकेका प्रकाश घिमिरे, माओत्से गुरुङ, विष्णु गौतम, धनबहादुर गायकसंगै रंगमञ्चमा देखिइसकेका दिल गुरुङ र रमेशबाबु तिमिल्सिना तथा आशा लाग्दा अन्य प्रतिभा अन्जू दाहाल, लक्ष्मण डुम्रे, बबिता मल्ल, प्रसूना भण्डारी, सीमा गुरुङ, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज बी. सी., सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार