गोलियाबाट ६ करोड बढि राजश्‍व संकलन

नयाँ बुलन्द

इलाम :  इलाममा गोलिया विक्रीबाट ६ करोड ३९ लाख ५० हजार पाँच सय ५५ रुपैया राजश्व जम्मा भएको छ । जिल्ला वन कार्यलय इलामको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/०७४ मा  किसानले विक्री  गरेको गोलियाबाट ६ करोड ३९ लाख ५० हजार ५५५ रुपैया राजश्व जम्मा भएको हो ।

जिल्लामा जिल्ला वन पैदावार आपूर्ति समिति, निजी आवादी र सामुुदायिक वन विकासबाट २६ लाख ६६ हजार ४२३ क्युविक फिट गोलिया निकासी भएको  जिल्ला वन कार्यलय इलामले जानकारी दिएको छ ।

इलाममा प्लाइउड बनाउने भेनियर उद्योगका लागि आवश्यक उत्तीस, मलातो, साल लगायत जातका रुखहरु बिक्री हुने गरेका छन्  ।

जिल्लाको भू–उपयोग तथ्याङ्क अनुसार ९३ हजार आठ सय ४९ हेक्टर क्षेत्रफलमा वन जङ्गल छ । इलामको कुल क्षेत्रफलको करिब ५५ प्रतिशत क्षेत्र जंगलले ओगटेको छ ।

२०४५ सालदेखि निर्यात भइरहेको नीजि आवादीका गोलिया इलामका किसानको लागि नगदेबालीसरह आम्दानीको श्रोत बन्दै गइरहेको छ  । पाखा वा बारीमा आफैँ उम्रिएका वा रोपेर हुर्काएका रुख १० अथवा १५ वर्ष भित्रमा काट्न योग्य हुने किसानहरूले बताएका छन् ।

अघिल्लो आर्थिक वर्षमा मात्र रु १४ करोड २१ लाख ६२ हजार ७९० बराबरको गोलिया निजी आवादीबाट निकासी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार