प्रकाश थाम्सुहाङको एकल कविता वाचन

नयाँ बुलन्द

इलाम : साहित्यिक विद्यालयमा सशक्त हस्ताक्षरको रुपमा परिचित इलामका युवा कवि प्रकाश थाम्सुहाङले पाँचथरमा एकल कविता वाचन प्रस्तुत गरेका छन् ।

नाम्धिङगो साँझको दोस्रो अंकमा प्रकाशले आफ्ना दर्जन बढी कविता साहित्य पारखिहरुलाई सुनाउन भ्याए । साँस्कृतिक लेखनको पक्षधर कविले जाडोको कथा शिर्षकबाट थालनी गरेका कविता वाचनमा हरियो ग्रहको मान्छे, उज्यालो यात्रा, अंश, साँझ शब्दचित्रमा, बाजेको कपुर, माक्सिङबुङ, सृष्टी विद्रोहदेखि इलामका ईश्वर चिपालु र पन्नादाईको पोट्रट कविता गरी दर्जन कविता बाचन गरे ।

कविता लेख्नु कविको समाजसँग मानसिक व्यापार हो भन्ने धारण राख्दै कविले “मेरो लागिकविता सत्यमशिव्म सुन्दरम हो” भन्दै आफ्ना विचार समेत ब्यक्त गरे । एकल कविता बाचनमा सृजनशिल अराजकताका अभियान्ता साहित्यकार राजन मुकारुङ, प्राध्यापक तथा समालोचकमुनाराज शेर्मा, कवि सुन्दर कुरुप र लक्ष्मि ढुङगानेले कवितामाथी टिप्पणी गरेको थिए । लिम्बू चलचित्रकर्मि पान्थरको आयोजना र सुमन थाम्सुहाङले प्रायोजन गरेको नाम्धिङगो साँझमापाँचथरका १५० बढी साहित्यपारखीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार