सर्जमिन हेर्ने चुलाचुलीमा दर्शककाे भिड

नयाँ बुलन्द

चुलाचुली : नाटक सुरू भएको दर्शकले पताे पाएन्न नाटक हेर्न हातमा टिकट लिएर लाइन बसेका दर्शकहरूलाई कुखुराकाे भाले बाेकेर किन्ने हाे ? भन्दै रंगकर्मी साेमनाथ खनाल पंचायत समयका मेला सम्झेर डुलिरहेकाे दृश्य हेर्दा साँच्चै नै माघ २ गते चुलाचुली वडापालिका-३ स्थित कर्वड हलमा नाटक हेर्न चुलाचुलीवासीकाे भिड थियाे ।

६ सय दर्शकले हेर्न सफल नाटक पुष्कर शमशेरको कालजयी कथा ‘परिबन्द’ लाई रंगकर्मी प्रवीण खतिवडाले नाटय रूपान्तरण गरे । उनैले निर्देशन गरेको नाटकले प्रशंसा पायो । त्यही नाटक ‘सर्जमिन’ चुलाचुलीमा मञ्चन ठाउँ मध्ये पाँचौ स्थानमा रहेको थियाे। मण्डला थिएटर नेपालका कलाकारहरूद्वारा अभिनीत नाटक मंगलबार चुलाचुली रंगमञ्चको आयोजनामा इलामको चुलाचुलीमा प्रदर्शन गरियो ।

कथा पुरानै भए पनि दर्शकले मन पराए । नाटक हेरिसकेपछि कुमार राई भन्दै थिए, ‘साेचे भन्दा राम्रो रैछ, यस्तो नियति अहिले पनि हाम्रो समाजमा प्राय जनताले बेहोरिरहेकै छन् ।’ नाटकको टुंग्याउनीमा धेरै दर्शक भावुक बनेका देखिन्थे । खासमा बिनाअपराध प्रहरीको फन्दामा पर्नुपर्ने मुख्य पात्रको विवशताले दर्शकहरूलाई भित्रैसम्म छुन्छ ।

परिबन्दमा परेपछि कसरी निर्दोष मान्छे अन्यायमा पर्छ भन्ने कुरा नाटकको मूल विषय हो । कथाले राणाकाल र पञ्चायतकालमा हुने न्यायको विसंगति देखाउन खोजे पनि त्यो अहिले उत्तिकै सान्दर्भिक लाग्छ । ‘सर्जमिन’ ले यस्तै परिबन्दको सिकार बन्न बाध्य भएको एउटा निमुखाको पीडादायी कथा बोल्छ । नाटकमा गाउँले परिवेशलाई विश्वसनीय ढंगले प्रस्तुत गरिएको छ ।

‘गरिब र सोझा जनताका पीडा उस्तै रहेको प्रमाण हो यो नाटक,’ नाटक कलाकार साेमनाथ खनालले भने, ‘कथा पुरानो भए पनि हाम्रो समाजमा यस्तो नियति बेहोर्ने एउटा जमात अझै छ ।’ यसअघि बंगलादेशका पाँच सहरमा मञ्चित ‘सर्जमिन’ मा विकास जोशी, रोहित पौडेल, विनीता गुरुङ, विजय बराल, संयोग गुरागाईं, उमेश तामाङ, रञ्जना वली, सिजन दाहालले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार