‘सवैकाे लागि संगीत’ काे अन्तिम तयारी

चेतन अाङथुपाे

चुलाचुली : झापाको दमक स्थित श्री सरस्वती माध्यमिक विद्यालयकाे खेलमैदानमा हुने नेपथ्य ब्याण्डकाे सांगीतिक प्रस्तुतीकाे लागि कन्सर्टकाे तयारी अन्तिम चरणमा पुगेको छ ।

द्वन्द्वले मुलुकका विद्यालयहरु विथोलेपछि नेपथ्य ब्याण्डले लामो समयसम्म विद्यालयका सहयोगार्थ शान्तिको लागि शिक्षा कार्यक्रम गर्दै अाएकाे उक्त नेपथ्य ब्याण्डले तीन शहरमा यसपटक व्यवसाय रूपमा कन्सर्ट गर्न लागेकाे हाे । अाज दमककाे काकतेनी हाेटलमा अायाेजित पत्रकार सम्मेलन गर्दै कार्यक्रम अाउन दुई दिन अघि नै तयारी सकिएको कार्यक्रम संयाेजक रविन श्रेष्ठ ले वताए छन् । उनले साढे ३ बजेबाट सुरू हुने कार्यक्रम दुई घण्टा १५ मिनेट सम्म रहने बताए ।

मुख्य प्रायाेजक वाई वाई रहेको कार्यक्रममा ७० बढि स्थानीय संस्थाहरूकाे समेत सहयाेग रहेकाे छ । अबका दिनहरूमा सांगीतिक ब्याण्डकाे लागि पुर्वमा काम गर्ने गाह्राे नहुने वाई वाईका मार्केटिङ प्रमुख याेगेन्द्र कार्की वताए ।

मुख्य अायाेजकमा जय मिडिया, पुर्वञ्चल रक, ग्यालिमपष्ट इन्टरटेमेन्ट रहेको छन् । `शान्तिकाे लागि शिक्षा नारामा निशुल्क काम गर्दै अाएकाे नेपथ्य ब्याण्डले यसपटक व्यवसायि ढंगले कार्यक्रम गरे पनि मन्दिरा ब्रान्डलाई प्रायाेजन लिन चाहेन नत्र भने दमकवासीले निशुल्क कन्सर्ट हेर्न पाउने दावि कार्यक्रम संयाेजक रवि श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा व्यवसाय क्यामरा लैजान नपाउने निशेध गरिएको अायाेजकले जानकारी गराएका छन् । स्थापनाको २५औं वर्ष मनाउँदै नेपथ्यले मुलुकका तीन सहरमा सांगीतिक यात्रा गर्ने भएको छ। पिहलाे सांगीतिक प्रस्तुती पुस २८ गते झापाको दमकबाट सुरु हुने यात्रा माघ १ गते नारायणघाट हुँदै माघ ४ गते भैरहवा पुगेर सम्पन्न हुनेछ। ब्याण्डले नयाँ पुराना गीतहरु प्रस्तुत गर्ने भएको छ भने, गायक अमृत गुरूङकाे टाेली अाज साँझसम्म दमक अाइपुग्ने अायाेजकले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार