महोत्सवको उद्घाटन गर्न प्रचण्ड आउने

नयाँ बुलन्द

झापा : झापाको दमक यहि पुसको अन्तिम सातादेखिदेखि शुरु हुन लागेको प्रादेशिक स्तरको दमक महोत्सवको उद्घाटन गर्न माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भने अस्वस्थताका कारण आउने नसक्ने भएकाछन् ।

दमकको पहिचान र गौरवको रुपमा हुन लागेको दमक महोत्सवको उद्घाटनका लागि पुष २७ गते प्रचण्ड दमक आउने निश्चित बनेको दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताए ।

बिगतका महोत्सवहरुभन्दा फरक रुपमा यो महोत्सव हुन लागेको जनाउदै महोत्सवलाइ भब्य बनाउनका लागि बिभिन्न उप समितिहरु बनाएर तयारीहरुलाइ तिब्र बनाइएको समेत ढकालले जानकारी दिए ।

उनका अनुसार उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा पनि उद्घाटनमा सहभागि हुन दमक आउनेछिन् । महासंघका अन्य पदाधिकारीहरु समेत महोत्सवमा सहभागि हुने ढकालले जनाए ।

उद्घाटनलाइ बिशेष प्रकारको बनाउनका लागि हेलिकप्टरबाट पुष्प बृष्टिको पनि तयारी भएको महोत्सव आयोजक समितिका संयोजक राजन दंगालले बताए । हेलिकप्टरले आकाशबाट पुष्प बृष्टि गर्नेछ । महोत्सवको आकर्षणको रुपमा सर्वसाधरण तथा इच्छुकहरुका लागि हेलिकप्टर शयरको ब्यवस्था मिलाइएको पनि जनाइएको छ । तोकिएको रकम तिरेपछि दमकलाइ अवलोकन गर्न सकिने छ ।

महोत्सव प्रचारप्रसार समितिका संयोजक एवं दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाइका अनुसार महोत्सवको आकर्षणको रुपमा उंट, हात्ति र घोडा शयरको पनि ब्यवस्था मिलाइएको छ ।

वडा नं. ७ सयपत्री टोल रतुवा खोलाको किनारमा पुष २७ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको स्टल बनाउनेदेखि लिएर महोत्सव स्थलको ब्यवस्थापनका कामहरु धमाधम रुपमा अघि बढेको दमक उद्योग बाणिज्य संघ दमकका बरिष्ठ अध्यक्ष बिमल खतिवडाले बताए ।

बाणिज्य संघका द्वितिय उपाध्यक्ष युवराज घिमिरेले ब्यवसायिक हित कोष बृद्धि र इलम प्रशिक्षण केन्द्र व्यवस्थापनको उदेश्यले महोत्सव लगाउन लागिएकाले यो दमकका सबैको साझा महोत्सव भएकाले सबैले सहयोगको अपेक्षा रहेको जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार