नयाँ वर्षमा कन्याममा पर्यटकको घुँइचो

अर्जुन गड्तौला

सूर्योदय : कुनै समय हुरहुरे कमान भनेर चिनिने सूर्योदय नगरपालिकामा रहेको कन्याम हाल इलामकै नमुना पर्यटकिय क्षेत्र बनेको छ।

त्यो समयमा हुरहुरेमा चिसो बढि हुने र बाक्लो हुस्सु लाग्ने भएकाले सो ठाउँमा मानिसहरुको आवतजावत न्युन हुने गरेको थियो। तर केहि बर्ष यस कन्याम हर पर्यटकको रोजाईमा पर्दै गएको छ। रमणीय दृश्यावलोकन गर्ने , बनभोज जाने र युवा युवतीहरुको माया प्रेम साटासाट गर्ने र फर्किँदा इलामको चिनो चिया, छुर्पी , ललिपप लिएर जानेको निकै भिड लाग्ने गरेको छ। अझ विदाको दिन शनिवार तथा विशेष दिनहरुमा पर्यटकहरुको झनै घुँइचो लाग्ने गरेको छ। त्यस्तै घुँइचो देख्न सकिन्थ्यो कन्याममा सोमबार।

अंग्रेजी महिनाको नयाँ बर्ष सन २०१८ को पहिलो दिन कन्याममा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँइचो लागेको थियो भने सडक आवतजावतमा समस्या भएको देख्न सकिन्थ्यो।

नेपालको इलाम , झापा, जिल्लाका साथै भारतको दार्जिलिङ्ग, सिक्किम, मिरिक, सिलिगुडी लगायतका पर्यटकहरुको बाक्लो उपस्थिति रहने सो ठाउँको लभडाँडा, देउराली डाँडा, चिया बगान, सल्लाघारी र चिया कारखाना यहाँका प्रमुख आकर्षणहरु हुन।

विभिन्न पेसा अपनाई यहाँका हजारौँ स्थानियहरुले आयआर्जन गरी घर गुजारा चलाइरहेका छन। होटल, पसल घुम्ती दोकान साथै घोडा चढि ब्यवसाय यहाँका स्थानियहरुको रोजाईमा पर्ने गरेको छ। घोडा चढ्ने र फोटो खिच्ने पर्यटकहरुको प्रमुख आकर्षण रहेको घोडा व्यसायीहरु बताउँछन।

कन्यामको आकर्षण बढ्दै जाँदा अंग्रेजी नयाँ बर्ष २०१८ मनाउन छिमेकी मुलुक भारतका साथै देशका बिभिन्न ठाउँका पर्यटकहरुको आज निकै बाक्लो उपस्थिति रहेको देखिन्थ्यो।

पर्यटकहरुको आवतजावत बढेसँगै उक्त ठाउँको फोहोमैलाले श्री कृष्ण आश्रम उच्च मा.वि आसपास र पिकनिक स्पट मा समेत असर पर्न थालेको छ। फोहोरमैला व्यवस्थापन गर्न नगरपालिका र समबन्धित निकायको ध्यान जान नसकेको स्थानियवासीको गुनासो रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार