झापामा एकैसाथ तीन वटा महोत्सव

नयाँ बुलन्द

झापा : झापामा यहि पुस महिना भित्र तीन वटा महोत्सव एकैसाथ हुने भएका छन् । आन्तरिक पर्यटन,प्रवद्र्धनमा सघाँउ पुर्याँँउन उद्देश्यले जिल्लाको दमक,विर्तामोड र बुद्धशान्ति गाँउपालिकामा महोत्सव हुने भएका हुन् ।

दमकमा स्थानीय दमक उद्योग वाणिज्य संघले पुस २७ गतेदेखि माघ ८ गतेसम्म प्रदेशस्तरिय दमक महोत्सव गर्न लागेको हो । संघको यो चौथों संस्करण हो । संघले निर्माणाधीन इलम प्रशिक्षण केन्द्रको भवनको कामलाई पूरा गराउन सहयोग जुटाउन उद्देश्यले महोत्सवको तयारी तीव्र पारिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजन दंगालले बताए । दंगालले महोत्सवमा स्थानीय उत्पादन तथा प्रर्दशनीका करिव २ सय व्यापारिक स्टल रहने बताए । संघले २०६७ साल यता दमकमा महोत्सव सञ्चालन गरेको थिएन् । महोत्सवमा करिव २ लाख अवलोकनकर्ता भित्रयाउने लक्ष्य छ भने त्यसबाट रु २५ लाख बढी रुपैया संकलन हुने उनले जानकारी दिए ।

यता जिल्लाकैं व्यापारिक स्थल बिर्तामोड पनि पुस १३ गते देखि २५ गतेसम्म प्रदेशस्तरिय आदिवासी जनजाति महोत्सव –२०७४ हुने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समितिले आयोजनामा हुन लागेको त्यस महोत्सव जिल्लामा नैआदिवासी,जनजाति लक्षित भने पहिलो रहेको गठित महोत्सव मूल आयोजक समितिका संयोजक गोपाल राईले बताए । जनजाति संग्रहालय निर्माण गर्न सहयोग जुटाउन उद्देश्यले महोत्सवको तयारी तीव्र पारिएको उनले जानकारी दिए । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुन लागेको सो महोत्सवमा १५० वटा विभिन्न व्यापारिक स्टल रहने छन् । त्यस महोत्सवमा पनि महासंघले करिव २ लाख अवलोकनकर्ता भित्रयाउने लक्ष्य राखेको छ ।

यसैगरि जिल्लाको बुद्धशान्ति –७ स्थित धारागोलामा पनि ५ दिने धारागोला भ्यूटावर कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । पुस ७ गते देखि ११ गतेसम्म सञ्चालन हुने निर्माणाधीन भ्यूटावरमा सहयोग जुटाउन महोत्सवको आयोजना गरिएको गठित महोत्सव मूल आयोजक समितिका संयोजक चक्र शेर्माले बताए । त्यस महोत्सव तेश्रो संस्करण हो । धारागोलालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न स्थानीय स्तरमा भ्यूटावर निर्माणाधीन छ । आर्थिक बर्ष २०७१ देखि त्यहाँ करिव रु १ करोडको लागत लाग्ने भ्यूटावर निर्माणका क्रममा रहेको र हालसम्म करिव ७० प्रतिशत भने काम सम्पन्न समेत भएको गठित भ्यूटावर निर्माण उपभोक्ता समितिका अध्यक्ष नीरवहादुर सुवेदीले बताए ।

त्यस महोत्सवमा पूर्वाञ्चलव्यापी बृहत कवि गोष्ठीसहित राष्ट्रिय स्तरका कलाकारहरु गायक ताराप्रकाश लिम्बु,हास्य कलाकार विल्सनविक्रम राई ,गायिका जुना प्रसाई,निङमा शर्मालगायतको समेत दमदार प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार