चुलाचुलीमा मण्डलला थिएटरकाे नाटक “सरजमिन” मञ्चन हुने

नयाँ बुलन्द

चुलाचुली : ‘विश्वव्यापिकरणमा ग्रामिण सौन्दर्यको खोजी’ नारा रहेको  चुलाचुली रंगमञ्चले स्थानीय अायाेजक रहेर यहि माघ २ गते मण्डला थिएटर नेपालकाे प्रस्तुती नाटक  “सरजमिन” चुलाचुलीमा मञ्चन गर्ने  तयारीमा  छन ।

पुष्कर शम्शेरले लेखेको कथा ‘परिबन्द’का आधारमा तयार गरिएको ‘सरजमिन’ नामक नाटक चुलाचुली गाउँपालिका वडा नं.-३ मा रहेको  “सामुदायिक कर्वडा हल”मा मञ्चन गर्ने भएको छ ।

१ हजार जना दर्शकलाई लक्षित गरेर चुलाचुलीमै नाटककाे संस्कृति विकास गर्ने उदेश्य रहेका चुलाचुली रंगमञ्च अध्यक्ष मनहाङ लावतीले भने, `माघ २ गते मञ्चन हुने नाटक एक दिनमै दुई पटक शाे हुने छ, यश नाटक हेर्ने  शुल्क विद्यार्थीकाे लागि  ३ सय,  पब्लिक ५ सय र १ हजार रूपैयाँकाे  टिकट  रहेकाे छ ।´

३ लाख लगानी लाग्ने यश नाटककाे लागि स्थानीय सह- अायाेजकमा युवा संघ नेपालले सहकार्य गर्ने भएको छ भने थप एक दर्जन संस्थाहरूले समेत सहयाेग गर्न भएको स्रोतले जानकारी गराएको छन ।

उक्त नाटकमा नेपाली रंगमञ्च साथै  चलचित्रमा जमेका अभिनेता बुद्धि तामाङ “हैट”, विजय बराल, प्रविन खतिवडा, विकास जाेशी, साेमनाथ खनाल, उमेश तामाङ, रञ्जना अाेली, राेहित पाैड्याल, विनिता गुरूङ, संयाेग गुरागाई, इंगाेहाेपाे काेइत सुनुवार, सिजन दाहालकाे अभिनय  रहेका छन ।
उक्त नाट्य यात्रा संगै कार्यशाला सहजकर्ता दयाहाङ राई र राजन खतिवडा समेत रहनेछन ।

२०७४ पाैष २४ देखि माघ ८ गते सम्म “दाेस्राे पूर्वअञ्चल नाट्य यात्रा-२०७४” सुरू गर्ने लागेका मण्डला थिएटर नेपालले १५ जना कलाकार टाेली संगै ७ वटा शहरमा २४ मञ्चन गर्ने नाटकबाट ९ हजार दर्शकलाई लक्षित गरेका छन । पहिलाे पुर्वअञ्चल यात्रामा गतवर्ष  “डिग्री माइला” नामक नाटक दमक रेडक्रस हलमा मञ्चन भएको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार