चुलाचुली रंगमञ्‍चकाे पाँचौ वार्षिक उत्सव सम्पन्न

नयाँ बुलन्द

चुलाचुली : ग्रामीण क्षेत्रमा नाट्य कलाकारिताको विकाश र प्रवर्दनमा दक्षिणी इलामको चुलाचुलीमा क्रियाशिल चुलाचुली रंगमञ्चले आफ्नो ५औं वार्षिक उत्सव सम्पन्न गरेको छ । पूर्वाञ्चलका प्रसिद्ध कलाकार, साहित्यकार र पत्रकारको उपस्थितमा भएको उत्सवमा कवि–कवियत्रीहरुले रचना वाचन गरेका थिए ।

चुलाचुली रंगमञ्चका अध्यक्ष मनहाङ लावतीको अध्यक्षता र चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यमा वार्षिकउत्सव सम्पन भएको थियो ।

चुलाचुली गाउँपालीका–४ आइतबारे बजारमा स्थित रंगमञ्चमा आयोजित कार्यक्रममा कृति अनलाइनकाे अग्रसरतामा स्रष्टाहरु सुन्दर कुरुप, मेची पुत्र, राजकुमार सुब्बा, मौलश्री लिम्बु, बिबश बलिभद्र कोइराला, चेतन डर,  लोकेन्द्र बन्जरा, नवीन प्राचीन, सविन राई, मदन चाैहान लागायतले रचना बाचन प्रस्तुत गरेका थिए ।

त्यसै गरि स्थानीय अायाेजक रहेर चुलाचुली रंगमञ्चले आगमी माघ २ गते काठमण्डौको मण्डला थिएटरको चर्चित नाटक “सरजमिन”  चुलाचुलीकाे सामुदायिक कर्वडा हलमा मञ्चन  गर्न लागेको रंगमञ्चकाे सहजकर्ता  चेतन आङथापोले बताए ।

सो कार्यक्रममा चर्चित कलाकार हेमन्त बुडाथोकीकाे उपस्थित समेत रहेको कार्यक्रममा  स्थानीय बुद्धिजीवी तथा समाजसेवी सुवास अाङथुपाे, राजेन्द्र केरूङ, कालिदास भट्टराई , सेतुप्रकाश राई र विनाेद तिलम्सिना, सन्ताेस दुलाल लगायतले रंगमञ्चकाे प्रगति प्रति शुभकामना व्यक्त गरेका थयाे ।

 २०६५ सालबाट नाटक यात्रा थालेका नयाँ बाटो नयाँ पाइला नाट्य समूहले चार बर्षपछि ‘विश्वव्यापिकरणमा ग्रामिण सौन्दर्यको खोजी’ नारा सहित  चुलाचुली रंगमञ्च नाममा वैधानिकता रूपमा स्थापना भएको पाँच बर्षपछि चुलाचुली रंगमञ्चले अाफ्नाे बार्षिकउत्सव मनाएकाे हाे । उक्त रंगमञ्चमले दुई दर्जनबढी सडक, कचहरी, कथा बाचन, मूर्ति नाटक प्रर्दशन गरिसकेको छ । रंगमञ्चबाट क्षेत्रीय र राष्ट्रियस्तरका नाटक महोत्सवमा सहभागिता जनाइसकेको बताए ।

रंगमञ्च मार्फत ‘देवाङसी राजा–२०७३’ ‘सुवीउ चरी–२०७१’ ‘किपट–२०७०’ ‘खाल्डो–२०७४’ जस्ता नाटकहरु यसअघि मञ्चन भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार