नयाँ बुलन्द
झापा : दमकका गीतसंगीतकर्मी देवीवहादुर बस्नेत रामधुनी आईडलबाट पुरस्कृत भएका छन् । सुनसरीको झुम्कास्थित रामधुनी एमएफले आयोजना गरेको रामधुनी आईडलमा प्रतिष्पर्धी विभिन्न ६ जना प्रतियोगिलाई उछिन्दै बस्नेतले उपाधि हात पारेका हुन् ।
एफएम परिसरमा भएको फाईनलमा गायक बस्नेतले दुई वटा गीत गाएका थिए । बस्नेतले गायक हेमन्त शर्माको ‘थाप न थाप हातैमा ’र गायक डम्बर नेपालीको ‘मलाई छोडेर जाने भए जाउ, अन्तिम पटक भेट्न आउ ’भन्ने बोल गीतको ट्रर्याकमा गाएका थिए ।
उपाधिसंगैं गायक बस्नेतले प्रमाणपत्रसहित आर्कषक पुरस्कार प्राप्त गरेका थिए । दमक–९ निवासी गायक बस्नेतले स्थानीय क्षेत्रका सांगीतिक कार्यक्रमहरुमा आफनो गीत प्रस्तुत गरिआएका छन् । यसअघि उनले एउटा गीति एल्वम समेत वजारमा ल्याएका थिए ।